आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021

स्वयम्भुरत्न तुलाधर

नेपालको वैदेशिक व्यापार घाटा आ.व २०७५÷०७६ मा ११ खर्व ६२ पुगिसकेको राष्ट्र बैक  तथ्याङले देखाइएको छ । जुन प्रत्येक आर्थिक वर्षमा आकासिँदै गएको छ । अर्कोतर्फ व्यापार प्रवर्धन केन्द्र«का अनुसार सन २०१९ को डिसेम्बर सम्मको कुल व्यापार घाटा २४ दशमलव ५ प्रतिशतले वृद्धि भई ८८७.८८ बिलियन अमेरिकी डलर रहेको छ । तर  आ.व.मा निर्यातमा झिनो वृद्धि भई १४.६ प्रतिशत पुगे पनि त्यस अवधिमा आयात भने २३.८ प्रतिशतमा पुगी ९४९.११ बिलियन पुगेको उसले जनाएको छ । मात्र सरकारी लगानी बिनाको वैदेशिक मुद«ा आर्जन हुने आकर्षक स्रोत विप्रेषण आम्दानीमा सीमित हुन पुगेको छ । राष्ट्र बैङ्क माइक्रो इकोनोमीक अध्ययन अनुसार गत आ.व मा रेमिटेन्स आप्रवाह वृद्धि दर ४.९ प्रतिशत रहेकोमा चालु आ.वमा करिब ८ प्रतिशत वृद्धि भई ६८२.१९ मिलियन अमेरिकी डलर भित्रिएको छ ।
निर्यात त्यस आ.व मा ६.५ प्रतिशत तल ओर्लिएको देखिएको छ । यही आ.वमा वैदेशिक मुद«ा सञ्चीती १,०६१.७१ बिलियन रहेको थियो । यदि वस्तु निर्यातले सरकारी प्राथमिकता पाए सायद वैदेशिक मुद«ा सञ्चीती उच्च हुन सक्थ्यो । नेपालबाट निर्यात हुने वस्तु मध्ये हस्तकलाका सामान, चाँदीका गरगहना, पस्मिना गार्मेन्ट लगायतका विभिन्न सामाग्री पर्दछ । अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली वस्तुको माग उच्च छ । तर वर्षो अघि चाँदीका गहना, पस्मिना लगायतका सामाग्री निर्यातमा राष्ट्र बैङ्कबाट उपल्वध नगद अनुदानले निरन्तरता नपाए पछि यस्ता तर्फका वस्तु निर्यात दिनानुदिन
 दिन घट्दो क्रममा पुगेको  छ । किनकि सरकार निर्यातलाई वैदेशिक मुद«ा आम्दानीको स्रोत बनाउन चाहंदैन् । सन २०१८–१९ मा पस्मिना निर्यात २ अर्व २८ करोड मूल्य बराबर भएको थियो भने सन २०१९ अन्तसम्म आई पुग्दा मात्र १ अर्व ५२ करोड मा सीमित हुन पुगेको छ । पस्मिना र चाँदीका गहना निर्यात प्रत्येक वर्षनि ओरालो लाग्दै गए पनि सरकारी स्तरबाट बेवास्ताको सिकार बन्दै गएको छ  । यसले वैदेशिक व्यापारमा निर्यात तर्फको साझेदारी खुम्चिन पुगेको हो । भने हाल औद्योगिक उत्पादनले कुल ग्राहस्थ उत्पादनमा मा ३.५ प्रतिशतको साझेदारी गर्दछ । जुन १५ वर्ष अघि ६ प्रतिशत भन्दा माथि थियो ।
वैदेशिक मुद«ा आम्दानीको स्रोत अन्तर्गत निर्यात नसमेटिएकै अवस्थामा नेपाली पस्मिनाको भरपर्दो गुणसतरिय उत्पादन हुन नसक्दा अन्तर्राष्ट्रिय बजारमा माग झन् ओरालो लाग्दै गएको छ । त्यस्तो निजी क्षेत्रको प्रयासबाट च्याङ्ग्रा पशमिना ब्रान्ड विश्वका ४७ राष्ट्रमा दर्ता गरिए पनि त्यसको प्रतिफल नेपाली असल निर्यातकर्ताले पाउन सकेका छैनन् । अर्को तर्फ पस्मिना उत्पादककै हेलचेत्रलयांई र मुनाफाखोरी मनसायले उच्च मूल्य असुली कमसल सामान विदेशी बजारमा भेटिने गर्दछ । ठमेल लगायतका विभिन्न स्थानमा आश्चर्य चकित पार्न तीन सय रुपैंयामा शुद्ध पस्मिनाका सल उपल्वध लेखिएका पोस्टर देख्न पाइन्छ । पशमिनाका उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ उपल्वधकर्तालाई नै शुद्ध पस्मिना नभई नाइलन वा उस्तै देखिने पदार्थ मिसाई पठाई दिने भने पछि गुणस्तरीय सामाग्री उपल्वध नहुनुको प्रमुख कारण मध्ये पर्दछ ।
पशमिना आफैमा मुल्यबान वस्तु सुचीमा पर्दछ । अन्तर्राष्ट्रिय बजारमा यसको भ्यालु एडिसन उच्च हुने गर्दछ । विदेशी बजारमा उच्च मूल्य प्रतिशपर्था गर्नुपर्ने बाध्यता भए पनि नेपाली उद्योगको सञ्चालन लागत धान्न , कम्तीमा ३५ प्रतिशतको मुनाफा बटुल्न आवश्यक देखिए पनि मात्र १० प्रतिशतमा चित्त बुझाउनु पर्न बाध्यता छ ।
सन २०१९ मा भएको उद्योगगत निर्यात
निर्यातकर्ता मूल्य (रुपैयाँमा)
डाबर नेपाल १२ अर्व ७० करोड
आरती स्ट्रिप्स ५ अर्व ३ करोड
हुलास वायर इन्डस्ट्रिज ४ अर्व ९५ करोड
त्रिवेणी स्पिनिङ मिल्स ३ अर्व ५६ करोड
दि सांग्रिला कार्पेट एन्ड ह्यान्डिक्राफट ९४ करोड
काठमाण्डौं स्टार फेसन ८२ करोड
एभरेस्ट फेसन ६९ करोड
एभरेस्ट पस्मिना निटिङ एन्ड वेभिङ ४८ करोड
न्यु हस्तकला एक्सपोर्ट ४३ करोड
गणेश हिमाल इम्पोर्ट एन्ड एक्सपोर्ट ३९ करोड
स्रोत व्यापार तथा निकासी प्रवर्धन केन्द्र«
विगत चालिस वर्ष देखि पस्मिना निर्यात गर्दे आएको याक एन्ड यति इन्टरप्राइजेजका पस्मिना उत्पादन इटाली निर्यात भई, त्यही सामान जापनिज ग्राहक सामु पु¥र्याइन्थ्यो । तर अफसोस निर्यात व्यवसाय नै सरकारी प्राथमिकतामा पर्न नसके पछि नरम र चमक दार पस्मिनाका उत्पादकका अनुहार आज उज्यालो देखिँदैन ।

 

 

तपाईको प्रतिक्रिया