आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021
रमोश्वर यादव – प्रहरी उपरीक्षक
प्रवक्ता, महानगरीय ट्राफिक प्रहरी रामशाहपथ
दसैँ तिहार लगायतका पर्वमा सवारी दुर्घटना नियन्त्रण नेपाल सरकार र ट्राफिक प्रहरीको टाउको दुखाइ बन्ने गरेको छ । यस पालीको कोभिड महामारीका कारण लामो तथा छोटो दुरीका यात्रु वाहक सवारी साधनका चाप पोहोर सालको तुलनामा पातलो छ । खाली सडक अनि तीव्र गतिका कारण सवारी दुर्घटना झन् उच्च हुँदै गएको छ । यसै सन्दर्भमा सवारी दुर्घटना नियणत्रणका कार्य योजना सम्बन्धी महानगरीय ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक रमोश्वर यादवसगं गरिएको छोटो कुराकानी ।
नेपाल प्रहरीको जनशक्ति सख्ंया हाल ७८ हजार पुगेको छ । जस मध्ये ट्राफिक नियणत्रका लागि ३००० हजार व्यक्ति तैनात गरिएको छ । उच्च सवारी घनत्व भएको उपत्यकामा मात्रै १६०० ट्राफिक प्रहरी तैनाथ गरिएको छ । चाड पर्वका बेलामा सवारी दुर्घटना  नियन्त्रण सहित सुरक्षित यातायातका लागि अन दि स्पट ट्राफिक समस्या समाधानका लागि उपत्यकामा मात्रै ४५ वटा युनिट मार्फत १४७ स्थानमा विशेष सुरक्षा सयंत्र बनाइएको उनले खुलासा गरेका छन् । राष्ट्रिय पर्व हर्ष उल्लास सहित थप सुरक्षित र कोरोना संक्रमणबाट  नागरिकलाई बचाउने जिम्मेवारी ट्राफिक प्रहरीको काधंमा आइपरेको छ । यसका लागि दैनिक ९०० ट्राफिक कार्य स्थलमा खटिएका छन् । त्यसो त बढ्दो सवारी साधनको दाँजोमा उपल्वध ट्राफिक प्रहरीको सख्ंया न्यून रहेको उनी स्वीकार छन् ।
आम नागरिक पर्वका बेलामा सार्वजनिक सवारी साधन अत्यधिक प्रयोग गर्दछन् । यही मौका छोपी सवारी धनी चर्को भाडा असुल्ने गर्दछन् । यस कालोबजारीको चक्रलाई तोड्न सादा पोसाकका प्रहरी परिचालन गरिएको बारेमा उनले बताए । उपत्यकामा स्थापित गरिएका १४ स्थानका सहयता कक्ष मार्फत यात्रामा नेपाल सरकारको स्वास्थ्य प्रोटोकललाई पालना गराउन सहयोगी बनेको छ । लामो दुरीका सवारी साधनमा दुई ड्राइभर सख्ंयालाई अनिवार्य गरिएको छ, यो लगायत विभिन्न सवारी सम्बन्धी मापदण्ड समेत पालना हुन सहयता कक्ष प्रभावकारी बनेको छ  । तीव्र गति नियत्रणमा टाइम कार्ड लागु गरिएको छ । यो सहित उपत्यका भित्रिने र बाहिरिने भक्तपुर, दक्षिणकाली जस्ता प्रमुख नाकामा दैनिक चेक जाँच सयंत्र लगायत सर्प्राइज चेकिङको कार्य योजनाले सुरक्षा सयंत्र थप सुदि«ड भएको उनी बताउँछन् । सवारी दुर्घटना नियणत्रणमा दक्ष जनशक्ति सहित प्रविधि प्रयोगले थप सहज बनाएको छ ।  ट्राफिक प्रहरीमा जिम्मेवारी थपिए पछि समय सुहाउँदो प्रविधि रूपान्तरण अत्यावश्यक छ । जस अन्तर्गत सी.सी. टी.भि , राडार गन लगायतका प्रविधि प्रयोगले यातायात सुरक्षित त भएको छ नै , अपराध नियणत्रणमा समेत ट्राफिक प्रहरी सहयोगी बनेको छ ।
कोरोना महामारीले फ्रन्ट लाइन फाइटर स्वास्थ्य कर्मी पछि अत्यधिक चपेटामा पर्ने दोस्रा पक्ंतीमा ट्राफिक प्रहरी रहेका छन् । उनका अनुसार उच्च सख्ंयाको ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण देखिए पनि,  हाल ३५० भन्दा बढी ट्राफिक कोरोना मुक्त भई कार्य स्थलमा फर्किसकेका  छन् । नेपाल सरकार र विश्व स्वास्थ्य सगंढनको स्वास्थ्य प्रोटोकललाई अनुसरण गरी मास्क र पन्जाको अनिवार्य प्रयोग सहित सामाजिक दुरी कायमलाई प्राथमिकतामा राखिएको  छ । ट्राफिक प्रहरीको स्वास्थ्य उपचार खर्च नेपाल सरकारले  निकासा गरेको स्वास्थ्य बजेटबाट व्यवस्थापन हुने गरेको छ । यस बाहेक कोरोना जितेर फर्केका ट्राफिक प्रहरीलाई बिमा दाबी मार्फत रु एक लाख उपल्वध गराइएको छ । यस व्यवस्थाले कार्य क्षेत्रमा खटिएका ट्राफिक प्रहरीको मनोबल थप उच्च भएको छ ।
उनी भन्छन् ढुक्क हुनुहोस् ट्राफिक प्रहरी सदैव दुर्घटना र अपराध नियणत्रणमा सजग छ । तर दुर्घटना रहित यात्रामा सडकको स्तरीकरणमा सडक विभाग, त्यस्तै महानगर र सवारी चालक आफै सावधानी अपनाए मात्र दुर्घटना र अपराध नियणत्रणमा सहयोगी बन्छ । ट्राफिक प्रहरी मात्र तपांईको साथी हो , साथ त सबैले दिनै प¥र्यो नि ।
सहकर्मी खेम राज खनालको सहयोगमा तयार परिएको रिपोट

 

 

तपाईको प्रतिक्रिया