आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021
अमेरिकाको बोस्टनमा बस्तै आएकी ऐश्वर्य खतिवडा मिस युनिभर्स नेपालको प्रतिस्पर्धा नेपालीहरूको उच्च जनसख्ंया रहेको विश्वका १० राष्ट्रबाट ५०० सहभागीलाई पछार्दे टप ५० औँ स्थान प्राप्त गर्न सफल भएकी छिन् । यस महोत्सवलाई ब्रेन,बोल्ड एन्ड व्युटिफुल नामक संस्थाले बर्सेनि आयोजना गर्दे आएको छ । यस प्रतिस्पर्धाका विजेतालाई मिस युनिभर्स जत्तिकै महत्त्व दिइने गरिन्छ ।  मिस युनिभर्स नेपालको टप १४ को छनौटमा पर्न सफल हुंंदै मिस युनिभर्स   नेपालको उपाधि जित्नेमा उनलाई आफू र सम्पूर्ण नेपाली माथि विश्वास भएको दाबी गरेकी छिन् ।
यो उपाधि पाउन नेपाल र विश्वभर रहेका नेपालीले उनलाई भोट दिई नेपालको प्रतिनिधित्व गराइनेमा उनलाई पूर्ण विश्वास छ । नेपाललाई विश्व सामु उभाउन उनले मिस युनिभर्सको उपाधि जित्नु पर्ने छ ।  नेपाल विकासशील राष्ट्रको सुचीमा उक्लन युवा वर्गको आर्थिक र बौद्धिक विकास सहित विश्वमा पहिचान पाउन जरुरी छ । उनी गर्वका साथ भन्छिन  म नेपाली हो  । विश्व सामु नेपाली युवा वर्गको प्रतिनिधि गर्दे नेपालीहरू विकसित राष्ट्र भन्दा कम छैनन् नारा सहित मैदानमा उत्रेको छु ।
मिस युनिभर्सको पदक जित्न सजिलो छ त भन्ने प्रश्नमा उनी भन्छिन  आँट गरेर महिलाहरू चन्द«मा पुगिसकेका छन् । तर रोजेको गन्तव्य सम्म पुग्न निरन्तर प्रयास र आफ्नो क्षेत्रमा लगनशील भई मेहनत आवश्यक छ ।
बोस्टनको मेसीचयुटस स्थित सलिम विश्वविद्यालयबाट बिजनेस एडमिनिस्टे«सनमा दोहोरो स्नातक तहको प्रमाण पत्र लिन सफल भएकी उनले सूचना प्रविधिमा समेत सोही विश्वविद्यालयबाट  स्नातक तहको अध्ययन पुरा गरी सकेकी छिन् । भने हाल उनी अमेरिकामा रहेका अध्ययन खर्च जुटाउन नसक्ने गरिब बालबालिकाहरूलाई प्रविधि प्रयोग गरी ती बालबालिकाको मातृ भाषामा अध्यापन गराउन व्यस्त छिन् ।  त्यस कारण ब्युटी विथ ब्रेनको उप नामले अमेरिका जस्तो विकसित राष्ट्रमा पहिचान बनाउन सफल भएकी छिन् ।  मा   अध्ययन गराउन व्यस्त छिन् ।  त्यस कारण ब्युटी विथ ब्रेनको उप नामले अमेरिका जस्तो विकसित राष्ट्रमा पहिचान बनाउन सफल भएकी छिन् ।
अस्थिर राजनीतिका कारण युवाहरू कामको खोजीमा  बिदेसिने  क्रम उच्च छ । यदि राजनीतिमा लाग्ने नेताहरूका क्रियाकलाप देश हितको लागि हुन्थ्यो भने नेपालमा प्रशस्त  अवसरहरू छन् । उच्च शिक्षाका लागि बिदेसिए पनि राज्यले राम्रो अवसर दिए नेपालमै युवाहरूको श्रम र लगानी खर्च हुनुपर्न उनको धारणा छ । भ्रष्टाचार रहित सरकारको क्रियाकलापलाई देश हाँक्ने नेताहरूले महत्त्व नदिए पछि युवा बिदेसिन बाध्य हुनु परेको तर्क राख्दै मिस युनिभर्स नेपालको छनौटमा पर्न सफल भई मिस युनिभर्स हुन सके कुनै विदेशी ब्रान्डको एमबास्डर हुनु भन्दा स्वदेशमा उद्यमशीलता र रोजगारी उत्पादनमा आफ्नो पुरा समय खर्च गर्न बिजनेस वर्ल्ड अनलाइन मा प्रतिबद्धता व्यक्त गरेकी छिन ।
( ऐश्वर्य खतिवडालाई भोट दिन खल्ती एप डाउन लोड गरी कन्टेस्टनट  नः१०२९ मा भोट गर्न सकिने छ ।  )

 

तपाईको प्रतिक्रिया