आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021

विनोद चौधरी

(१९ औँ बगंलादेश बिजनेस अर्वाडमा नेपालको तर्फबाट सहभागी हुँदा गरिएको संक्षिप्त टिप्पणी )
विगत १४० वर्ष अघि पारिवारिक व्यवसायबाट सुरु भएको विनोद चौधरी व्यवसायीक यात्रा यस कारणले सफल मान्न सकिन्छ किनकि उनी नेपालको पहिलो अर्ब पती व्यवसायी  हुन जो प्रख्यात फोब्स
म्यागजीनमा नेपालको तर्फबाट अर्ब पतीको सुचीमा पर्न सफल भएका हुन्  ।
बङ्गलादेशका चर्चित दैनिक पत्रिका दि डेली स्टार र लजेष्टिक सेवा प्रदायक डी.एच.एल कम्पनीको  संयुक्त आयोजनमा बगंलादेश बिजनेस अर्वाड सन २००० देखि आयोजना हुँदै आएको छ । जुन दक्षिण एसियाकै प्रतिष्ठित अर्वाडको नामले परिचित छ । उक्त अर्वाड कार्यक्रममा बेंगल प्लास्टिक , कनकोर्ड, रनर मोर्टस लगायतका चर्चित कम्पनीहरूको सहभागिता रहेको थियो ।
कोभिड–१९ महामारीको चपेटामा विश्व अर्थतन्त्र परिसकेको छ । विश्वका आर्थिक  महाशक्ति राष्ट्रका अर्थतन्त्र तहसनहस हुन पुगेको छ ।  तर बङ्गलादेशले यस बिच पनि अर्थतन्त्रलाई चलायमान राखी वृद्धि दरमा खासै कमी आउन नदिनु आफैमा अनौठो वास्तबीक्ता  रहेको छ । यसबाट एसियाका निराश भइसकेका उद्योगी र लगानीकर्तालाई समेत प्रेरणाको स्रोत बन्न सफल भएको छ ।
 नेपालको जस्तै बङ्गलादेशमा भएको राजनीतिक अस्थिरताको बाबजुद यस कढिन परिस्थितमा समेत उसले आर्थिक वृद्धिदर कायम राख्न सफल भएको छ । अन्तर्राष्ट्रिय मुद«कोषले यस वर्ष बङ्गलादेशको आर्थिक वृद्धि दर ३.८ प्रतिशत पुग्ने प्रक्षेपण गरिसकेको छ । जुन सार्क क्षेत्रका राष्ट्र मध्ये उच्च वृद्धि दर रहेको छ ।
बितेका तीस वर्षमा बङ्गलादेशसँग व्यवसायीक मात्र नभई व्यक्तिगत आत्मीय सम्बन्ध झन् गहिरो बन्दै गएको छ उनले बताए । त्यांहाका चर्चित व्यवसायी तथा ट्रान्स कम समूहका पूर्व अध्यक्ष लतीफुर रहमानसगंको मित्रता अझै याद रहेको चौधरीको भनाइलाई उद«त गर्दे दि डेली स्टारले छापेको छ । दक्षिण एसियाका विभिन्न परियोजनामा चौधरीको व्यवसायीक साझेदारको रूपमा रहमान सक्रिय थिए । दक्षिण एसियामा डुइङग बिजनेस अत्यन्त चुनौती पूर्ण हुनुको मुख्य कारण नै अस्थिर राजनीतिक वातावरणलाई लिन सकिन्छ । यही कारणले सार्क क्षेत्रका लगानीकर्ताले सोचे जस्तो व्यवसाय फस्टाउन सक्दैनन् । डुइङग बिजनेसमा  दक्षिण एसिया र सार्क राष्ट्रका औद्योगिक लगानीकर्ताहरूले भोग्नु पर्न कढिन  स्थिीतीको सामना विश्वको कुनै पनि भेगमा छैन ।
कोभिड–१९ महामारी फैलिए पछि विश्वमा व्यवसायीक चुनौती र सम्भावना दुवै थपिएको छ । यसबाट बहुराष्ट्रिय कम्पनीहरूका व्यवसायीक योजनमा फेरबदल गर्नुपर्न स्थिति सिर्जना भएको छ । अचानक  परम्परा देखि चलिआएको व्यवसायको ढाँचामा रूपान्तरण भएपछि विश्व अर्थतन्त्रको स्वरूप परिवर्तन हुने निश्चित भएको यथार्थ नेपाली अर्ब पती उद्योगी विनोद चौधरीले बताएका छन् ।  हाल उनी विभिन्न ४० कम्पनी सञ्चालन ल्याउन सफल भएका छन् ।
  चौधरीका अनुसार कोभिडका कारण देखिएका विभिन्न व्यवसायीक सम्भावना मध्ये इ–कमर्सको क्षेत्रले महत्त्व पाउँदै गएको छ । यही मौकालाई क्यास गर्दे बङ्गलादेशले स्टार्ट अप ई–कमर्स, लत्याहा सुरुवात भएको  पढाओ र दराज जस्ता कम्पनीलाई उदाहरणको रूपमा  लिन सकिने बताएका छन् । नेपाल र बङ्गलादेशले एउटै समयमा गार्मेन्ट उत्पादन सुरुवात गरेका थिए । तर यसतर्फ लगानीकर्ताका उत्कृष्ट व्यवसायीक क्षमता र सरकारी सहयोगले  विगत चार दशक देखि गुणस्तरीय गार्मेन्ट उत्पादन गरी चीनको एकाधिकार मात्र तोडेको छैन । विश्व गार्मेन्ट बजारमा चीन पछिको दोस्रो ठुलो निर्यातकर्ता समेत बन्न सफल भएको छ ।
बङ्गलादेशको गार्मेन्ट उद्योगले उसको कुल गार्हस्थ्य उत्पादनमा ११ प्रतिशत साझेदार गरी ४४ लाख व्यक्तिलाई रोजगार उपल्वध गराउन सफल भएको छ । विश्वमा फैलिएको मजबुत सप्लाई चेन सञ्जालले गार्मेन्ट क्षेत्रमा चीनलाई पछि पार्ने सम्भावना तीव्र बनेको छ । उद्योगको यही मोडेल दक्षिण एसियाका विकासशील राष्ट्र जस्तै नेपालले प्रयोगमा ल्याउन सके गार्मेन्ट र टेक्सटाइल उद्योग फेरी ब्युँतिने उनले बताए छन् । अन्तर्राष्ट्रिय मुद«कोषको अध्ययन अनुसार सन २०२१ मा एसियाली आर्थिक पुनरुत्थान चीनबाट सुरु भई उसको वृद्धिदर १.९ प्रतिशतको रहनेछ त्यस्तै बङ्गलादेशको ३.९ प्रतिशत रही वार्षिक प्रति व्यक्ति आय ५,१३९ अमेरिकी डलरमा पुग्नेछ । जसले एसियाली आर्थिक स्थायित्व ल्याउन सहयोग हुनेछ ।
चौधरीले उक्त अवसरमा बङ्गलादेशकोले आर्थिक समृद्धिलाई निरन्तर कायम राख्न सकेकोमा सरकारलाई बधाई दिएका छन् । साथै मानव संसाधन विकास , एक तिहाइ जनतालाई गरिबिको रेखा माथि ल्याउनु अर्को सराहनीय कार्य भएको बताउँदै आत्मनिर्भर कृषि प्रणाली र शिक्षा स्तरमा वृद्धि हुनुलाई थप सफलताको रूपमा लिन सकिने बताएका छन्  ।
व्यवसायले त्यस राष्ट्रका नागरिकको जीवनस्तर माथि उकास्न प्रत्यक्ष सहयोग पु¥याउंछ । तर नेपालमा व्यवसाय गर्न त्यति सजिलो छैन , उनले चुनौतीपूर्ण दिनहरू सम्झँदै  भने । तर उद्देश्यलाई साकार पार्न  निरन्तर प्रयासले अवश्य सफल भइन्छ । नेपालको असहज व्यवसायीक वातावरण मध्ये सरकारी अस्पष्ट कानुनी नीति, बन्द समाज ,अस्थिर राजनीति , वैदेशिक मुद«ा प्रयोगमा कढाई लगायतका कारणले विदेशमा कानुनको पालना गर्दे व्यवसाय गर्न बाध्य हुनु परेको उनले दुखेसो पोखेका छन् । कढिन व्यवसायीक यात्राका बाबजुद २० वर्षको अथक परिश्रम पछि चौधरी समूह सफल भएको उनले बताए ।

 

तपाईको प्रतिक्रिया