आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021
प्रदिपमान प्रधान
उम्मेदवार , बाग्मती प्रदेश, उद्योग वाणिज्य महासघं चौथो प्रदेश सभा एशोसियट सदस्य समूह
 नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औँ वार्षिक साधारण सभा र निर्वाचनको रौनक सकिन नपाउँदै महासघं अन्तर्गतका प्रदेश सभाको चौथो निर्वाचन भोलि शनिवार हुने भएको छ । जस अन्तर्गत बाग्मती प्रदेश नं –३ का एशोसियट सदस्य समूहका उम्मेदवार हुन प्रदिपमान प्रधान । नेपालमा पहिलो पटक अग्नि निवारक वारुण यन्त्र भित्र्याई औद्योगिक प्रविधि व्यवसायको यात्रा करिब ४० वर्ष अघि सुरु गरेका थिए । उनी भारतीय बहु राष्ट्रिय कम्पनी Elgi को नेपालका लागि आधिकारिक बिक्रेता Hitco प्रा.लि लाई त्यही बेला देखि सञ्चालनमा ल्याएका हुन् । औषधि उद्योग, ग्यास प्लान्ट, खाद्य लगायतका सबै प्रकारका उत्पादनशील उद्योगमा Hitco ले वितरण गरेका कम्प्रेसर छ्याप–छयाप्ती देख्न पाइन्छ । त्यस्तै अटोमोबील क्षेत्रका आधुनिक ग्यारेजमा विश्व स्तरीय अटो उपकरण उपल्वध गराउनमा समेत उनले योगदान गरेका छन् ।
उनका अनुसार बाग्मती प्रदेशको उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा एशोसियट तर्फ जित हासिल गरिए औद्योगिक वातावरण निमार्ण सहित लगानी वातावरण त्यस्तै श्रमिक र उद्योगी बिचको सुमधुर सम्बन्ध बनाउन प्रयास गरिने छ । उद्योग वाणिज्य महासङ्घ , चेम्बर र सी.एन.आइ सम्मिलित यस प्रदेशका उद्योगहरूमा देखिएका नीतिगत समस्या सुल्झाउन त्रिपक्षीय वार्ता गरिने छ । उद्योग वाणिज्य संघ बाग्मती प्रदेशको राजधानी हेटौँडामा सम्पर्क कार्यालय स्थापना गरिने छ । किनकि बाग्मती प्रदेश उद्योग वाणिज्य संघ सुरुवातको अवस्थामा रहेको छ ।
उद्योग÷व्यवसायको हितका लागि गर्नुपर्न कार्यहरूको सुची तयारी अवस्थामा रहेको उनले बताएका छन् । यस प्रदेशका उत्पादनशील र सेवा तर्फका उद्योगहरू कोरोना महामारीका कारण खुम्चिन पुगेले पुरानै लयमा फर्काउन थप मेहनत गर्नुपर्न हुन्छ । प्रदेशले जिल्ला नगर र तालुक संस्था उद्योग वाणिज्य महासघं बिचको पुलको भूमिका निर्वाह गरिने छ । यही सहकार्यमा दर्जनौँ समस्या सहजै समाधान हुने उनको जिकिर छ ।
नेपालमा सबै प्रकारका औद्योगिक लगानीकर्ता विभिन्न कर शीर्षक अन्तर्गत करिब ५८ प्रतिशत कर भुक्तानी गर्नुपर्ने बाध्यता छ । दक्षिण एसियाली राष्ट्रमा  नेपालको प्रचलित करका दर अत्यन्त  महँगो भएकोले त्यसलाई समायोजन हुन सहकार्य गरिने छ । अझ दोहोरो कर प्रणालीले लगानीकर्ता झन् आकर्षित हुँदैन । यो सहितका दर्जनौँ उद्योगी व्यवसायीका समस्या हल गर्नका निम्ति उनले सहजकर्ता गर्नेछन् । उनका अनुसार भ्याटको बहु दर हुनुपर्ने औद्योगिक लगानीकर्ताहरूको पुरानै मागलाई कार्यान्वयन ल्याउन जोड बल गरिने छ । प्रदेशगत करका दरमा स्ल्याब तोकिए मात्र न्यून करका दर भएका प्रदेशमा उच्च सख्ंयामा उद्योग र लगानी भित्रिने सम्भावना बढ्छ । प्रदेशबाट विभिन्न कर शीर्षकबाट सकंल्न  गरिएको राजस्व बाँडफाँडमा केन्द्र« र प्रदेशले पाउने हिस्सामा एकरूपता आउन जरुरी छ । कमजोर प्रदेशमा उद्योग मैत्री भौतिक पूर्वाधार निमार्णमा बजेट खर्च हुनु आवश्यक छ ।  विकास बजेट कहीँ न्यून कतै उच्च भएको पाइन्छ । यसतर्फ वृस्त्रीत अध्ययन भई ती क्षेत्रहरूको सबलीकरण हुन जरुरी छ ।   भारतको जस्तै सङ्कलित राजस्वको वितरण एकद्धार प्रणाली लाई प्रचलनलाई ल्याइने कोसिस गरिने छ ।
कर्पोरेट , वित्तीय कम्पनी तथा भन्सार मुल्याङकन शीर्षकमा लाग्दै आएको करका दरलाई घटाउने प्रयास गरिने छ । यसबाट करको दायरामा नआएका व्यवसायलाई समेत समेट्न सहज हुनेछ । यो सहित अनधिकृत कारोबारलाई निरुत्साह गराउन पूर्ण प्रयास गरिने छ । अन्य प्रदेशको तुलनामा प्रदेश न. ३ बाट राजस्व सकंलनमा उच्च साझेदारी गरिएको छ । रोजगारी उपल्वध गराउने र लगानी भित्र्याउनेमा पनि अब्बल मान्न सकिन्छ । यस तर्फका उच्च सख्ंयामा रोजगारी उपार्जन गर्ने र लगानकर्तालाई हौसला दिने विशेष योजना आउन जरुरी छ ।
 कोरोना महामारी मत्थर नहुँदै फेरी एक पटक अस्थिर राजनीतिको वातावरण सिजृना भए बाट लगानीकर्ताहरूमा उत्साह हराएको छ । नेपालमा कोरोना सङ्क्रमण दर पछिल्ला दिनमा घट्दो क्रममा देखिए पछि प¥यटन बाहेक अन्य क्षेत्र बिस्तारै तङ्ग्रिन थालेको छ । व्यवसाय तर्फ लगानी हुने वित्तीय ऋणको घट्दो ब्याजदरले समेत लगानीको वातावरण बन्न थालेको छ । नेपालमा विश्व स्तरीय औद्योगिक प्रविधि भित्र्याउने उत्प्रेरण जगाउने सहित लगानी मैत्री वातावरण सिजृनाका लागि मजदुर र उद्योगी बिचको सम्बन्धलाई थप बलियो बनाउन समेत मेरो व्यक्तिगत प्रतिबद्धता भएकोले यस पटक मेरो जित निश्चित छ ।

 

 

तपाईको प्रतिक्रिया