बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021
          आई.एम.ई लाइफ इन्स्योरेन्सको ब्रान्ड एमबेसेडरमा नायिका मनीषा कोइरालालाई नियुक्त गरिएको कम्पनीले जनएको छ । काठमाण्डौंमा आयोजित कार्यक्रमका बिच कम्पनीका प्रमुख कार्यकारी निर्देशक कवि फुयाँल र नायिका मनीषा कोइराला बिच सो सम्झौतामा हस्ताक्षर गरेका थिए । उक्त कार्यक्रममा नायिका कोइरालाले मानव जीवन बिमा महत्त्वपूर्ण हुने गरेको बताइन् । नेपाली जनतालाई आर्थिक सुरक्षा प्रदान गर्दे देशभरि छरिएर रहेको पुँजीलाई एकीकृत गरी राष्ट्र निर्माणमा टेवा पु¥याउने लक्ष्य बोकेको आई.एम.ई लाइफसँग साझेदारी गर्न  पाउँदा थप खुसी लागेको छ । कम्पनीको प्रगतिको लागि आफ्नो उत्कृष्ट भूमिका रहने उनले थपे ।
        निर्देशक फुयाँलका अनुसार नायिका मनीषा कोइरालासँगको यस साझेदारी हामीलाई उत्साहित बनाएको छ । नायिका कोइराला दृढ विश्वासी र बहु आयामिक व्यक्तित्व जो प्रत्येक नेपालीका लागि प्रेरणाको स्रोत बन्न सफल भएका छन् । उनीसँगको दीर्घकालीन सहयोगले आम जनमानमा कम्पनी प्रतिको विश्वास थपिनेमा विश्वस्त रहेको जनएका छन् । कम्पनीको ब्रान्ड विकासका साथै बिमा प्रतिको सचेतना अभियानले गति पाउने छ । सो सम्झौतामा बमोजिम आ.व २०७७ पौष २४ गते देखि लागु हुने कम्पनीको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

तपाईको प्रतिक्रिया