आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021
बाइडन यस अघिका राष्ट्रपति ट्रम्पसँग कढा चुनावी प्रतिशपर्था बाट ४६ औँ राष्ट्रपति बनेका हुन । सन २०२० मा सम्पन्न राष्ट्रपति निर्वाचनमा उनले ८१ लाख मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी ट्रम्पको पोल्टामा मात्र ७४ लाख मत खसेको थियो ।  शपथग्रहण समारोहलाई सम्बोधन गर्दे उनले भने अब अमेरिकाले विश्वभरका राष्ट्रमा शान्ति स्थापनाका लागि कार्यक्रम ल्याउने छ सिएनएन न्युज एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार यस अघिका राष्ट्रपतीले विश्वमा फैल्याएको अशान्तिलाई मेटाउने जिम्मेवारी उनले लिएको बताइएको छ । ट्रम्प प्रशासनले प्यारिस वातावरणीय सन्धिबाट अमेरिकालाई बाहिर राख्ने प्रयासलाई निरुत्साह गर्दे , वातावरणीय संरक्षणका लागि प्यारिस सन्धिमा अमेरिका सहभागी हुने बाइडनले प्रस्ट बिचार राखेका छन् । किनकि ट्रम्पको त्यो कदमले क्योटो प्रोटोकललाई तहस नहस पारिदिएको छ । कार्बन प्रदूषण घटाउने अन्तर्राष्ट्रिय सन्धि क्योटो प्रोटोकलमा अमेरिकाको पूर्ण समर्थन रहने उनले बताएका छन् । भाषणको अन्त्यमा सबै अमेरिकी मतदातालाई धन्यवाद दिँदै , करदाता, व्यवसायी समूह तथा कामदार हितका लागि नयाँ योजना आउनेमा ढुक्क रहन आश्वस्त दिलाएका छन् ।
बुधवार राति सम्पन्न पद तथा गोपनीयताको शपथग्रहण समारोहको अवसरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति बाइडन लाई बधाई तथा सफल कार्यकालको बधाई दिएका छन् । भण्डारीले बधाई सन्देश दिँदै बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गरेकी छन् । उनले नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको सह्राना पनि गरेकी छन् । उनले कोभिड–१९ महामारीको समयमा बाइडनको कार्यकाल सफल रहोस् भन्ने कामना समेत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले अमेरिकी समकक्षी कमला ह्यारिसलाई बधाई सन्देश पठाएका छन् । सन्देशमा नयाँ अमेरिकी प्रशासनको लैङ्गिक समानता, सामाजिक न्याय र जलवायु परिवर्तन जस्ता सामयिक मुद्दाको सह्राना गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई सन्देश पठाएका छन् । बाइडनको नेतृत्वमा अमेरिकाले प्रगति र समृद्धि हासिल गर्ने कार्यलाई जारी राख्ने ओलीले विश्वास व्यक्त गरेका छन् । उनले बधाई सन्देशमा अमेरिका–नेपालको द्विपक्षीय सम्बन्ध आगामी वर्षमा नयाँ उचाइमा पुग्ने उल्लेख समेत गरेका छन् ।

 

तपाईको प्रतिक्रिया