आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021
नेपालको पहिलो बिजनेस टेलिभिजनका संस्थापक तथा वर्ल्ड टे«्र्ेड ग्रुप नेपालका अध्यक्ष शम्भु पोखरेल मानार्थ विद्यावारिधि उपाधिबाट सम्मानित भएका छन् । अमेरिकाको ग्लोबल पिस युनिभर्सिटीले पोखरेललाई अन्तर्राष्ट्रिय अर्थशास्त्रमा मानार्थ विद्यावारिधि प्रदान गरेको जनाइएको छ । युनिभर्सिटीले  सञ्चार उद्यमी पोखरेललाई शनिवार भारतको चण्डिगढमा सो विद्यावारिधिको उपाधि प्रदान गरेको थियो ।
सञ्चार उद्यमी पोखरेल सिइओ क्लब ग्लोबलका एसिया रिजन हेर्ने सिइओ हुन् भने वर्ल्ड  ट्रेड ग्रुप नेपाल अन्तर्गत पोखरेलको बिजनेस टेलिभिजन, ब्ल्याक होल आइटी सोलुसन, रुम फर रेष्ट, नेपाल सिपिङ, काठमाडौँ स्कुल अफ बैङ्किङ एन्ड ईन्स्युरेन्स, स्टार्ट अप हब नेपाल लगायतका दर्जन हाराहारीमा कम्पनीहरू सञ्चालनमा छन् । उनी त्रिभुवन विश्वविद्यालयबाट समेत अन्तर्राष्ट्रिय सम्बन्धमा समेत विद्यावारिधि हासिल गर्न क्रममा छन् ।  विकासोन्मुख देशको अन्तरदेशिय व्यापार घाटा घटाउन गहन उपाय निकाले बापत सो उपाधि प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया