आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021
             नाडाले देशभरिका संस्थागत सदस्यहरूको समन्वय गरी कर प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । जस अन्तर्गत ६९ औँ विश्व भन्सार दिवसको अवसरमा  लुम्बिनी अटोमोवाइल्स एसोसिएसन अफ नेपालको संयुक्त पहलमा बुटवलमा १ दिने कर प्रशिक्षण कार्यक्रम सम्पन्न भएको जनाएको छ  । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको प्रमुख आतिथ्यमा बुटवलमा सम्पन्न भएको यस प्रकारको प्रशिक्षण कार्यक्रम लुम्बिनी अटोमोवाइल्सको अनुरोधमा कार्यक्रम सञ्चालन गरिएको संघले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

            अटोमोवाइल व्यवसायीहरूले  व्यवसाय सञ्चालन गर्ने क्रममा कर, भन्सार तथा VCTS सम्बन्धी नाडाले देशभरिका संस्थागत सदस्यहरूको समन्वय गरी कर प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । जस अन्तर्गत ६९ औँ विश्व भन्सार दिवसको अवसरमा  लुम्बिनी अटोमोवाइल्स एसोसिएसन अफ नेपालको संयुक्त पहलमा बुटवलमा १ दिने कर प्रशिक्षण कार्यक्रम सम्पन्न भएको जनाएको छ  । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको प्रमुख आतिथ्यमा बुटवलमा सम्पन्न भएको यस प्रकारको प्रशिक्षण कार्यक्रम लुम्बिनी अटोमोवाइल्सको अनुरोधमा कार्यक्रम सञ्चालन गरिएको संघले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

     अटोमोवाइल व्यवसायीहरूले  व्यवसाय सञ्चालन गर्ने क्रममा कर तथा  भन्सार  सम्बन्धी यावत समस्याहरूको समाधानका लागि करका  विद्यमान प्रणालीहरूका बारे यथार्थ जानकारी राख्नु अति आवश्यक भएकोले उक्त  प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ  ।
    प्रशिक्षण कार्यक्रममा अध्यक्ष कृष्णप्रसाद दुलालले अटोमोवाइल व्यवसायीहरूमा कर,  सम्बन्धी पूर्ण जानकारीले व्यवसाय मैत्री वातावरण निर्माण भई व्यवसाय विस्तारमा  थप सहज  हुने बताइए । केही वर्ष अघि देखि  प्रदेशगत व्यवसायीहरूमा  नाडाले कर सचेतना  कार्यक्रमहरू सम्पन्न गर्दै आइरहेको छ ।
     कार्यक्रमका सभापति तथा लुम्बिनी अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष गणेश भट्टराईले नाडाले आफ्ना कार्यक्रमलाई केन्द्रमा मात्रै सीमित नराखी प्रदेश स्तरमा पनि सञ्चालन गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । प्रदेश स्तरको कर प्रशिक्षण कार्यक्रमले व्यवसायीहरूको क्षमता अभिवृद्धि भई कर सम्बन्धी समस्या समाधानमा सहयोगी भएको जानकारी दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्न उनले माग गरेका छन् । भैरहवा भन्सारका प्रमुख मणिराम पौडेल, आन्तरिक राजश्वका प्रमुख ध्रुव पाण्डे, त्यस्तै राजश्व अनुसन्धानका प्रमुख राजनकुमार वि.सी तथा मुख्य प्रशिक्षक साहिल अग्रवालले प्रशिक्षण दिएका थिए ।
     कार्यक्रममा लुम्बिनी अटोमोवाइल्स एसोसिएसन अफ नेपालका कूल ५२ सदस्य कम्पनीहरूको उपस्थिति रहेको थियो । नाडाका तर्फबाट अध्यक्ष सहित केन्दि«य कार्य समितिको बाक्लो उपस्थिति रहेको थियो । लुम्बिनी अटोमोवाइल्स एसोसिएसन अफ नेपालका  अध्यक्ष गणेश प्रसाद भटराई, वरिष्ठ उपाध्यक्ष सन्तोष पाण्डे, उपाध्यक्ष विजय कुमार गुप्ता, महासचिव रोशन पाण्डे, सचिव राम प्रसाद वेलवासे, कोषाध्यक्ष कृष्ण प्र. भण्डारी तथा सदस्य प्रवेश भटराई, राधा कृष्ण देउला, चिन्ता मणि पाण्डेले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया