आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021
                       बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाबाट नेपालीले धेरै आस गरेका छन् । आयोजनाको परिकल्पना गरेको ४६ वर्ष पुगेको छ । यसको सम्भाव्यता अध्ययन भएको २६ वर्ष पुगेको छ । आयोजना विकास समिति गठन भएको २० वर्ष पुगी यस बिच फेरिए २२ मन्त्री तर आयोजना सम्पन्न हुन सकेन । ती मन्त्रीहरूको मुख्य प्राथमिकता परेको मेलम्ची आयोजना थियो जसको भौतिक प्रगति खासै हुन सकेन  थिएन । बितेका २६ वर्षमा प्रेमबहादुर सिंह देखि बिना मगरसम्म २२ जना मन्त्रीले ७० प्रतिशत काम गर्दा त्यसबारे खासै चर्चा भएन । तर, पूर्व मन्त्री बिना मगरको २१ महिने कार्यकालमा मेलम्चीको भौतिक प्रगति करिब ९७ प्रतिशत पुरा हुन सकेको मेलम्ची खानेपानी आयोजना विकास समितिले तयार गरेको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।
         
      मेलम्ची आयोजना विश्व बैंकको सहयोगमा काठमाडौँको खानेपानी व्यवस्थापनका लागि सन् १९७२ मा अध्ययन भएको आयोजना हो । सन् १९९२ मा स्नो माउन्टेन इन्जिनियरिङ एन्ड कन्सल्टेन्ट द्वारा सम्भाव्यता अध्ययन भई मेलम्ची नदी डाइभर्सन उत्तम विकल्पका रूपमा पहिचान भएको यस आयोजना कार्यान्वयनका लागि सन् १९९८ मा मेलम्ची खानेपानी विकास समिति गठन भएको थियो । सन् १९९९–२००० मा आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भई विद्युत उत्पादन तथा  सुन्दरीजल प्रसारण लाइन सहितको  प्रस्ताव राखिएको थियो । आयोजनाको तत्कालीन लागत ४६४ मिलियन अमेरिकन डलर रहेको थियो ।
          दातृ निकायहरू बिचको तालमेल तथा सर्तहरूको कारण विद्युत तथा प्रसारण लाइन हटाइएको थियो । सन् २००१ मा एसियाली विकास बैंकद्वारा १२० मिलियन अमेरिकी डलर बरावरको लगानी गर्ने गरी ऋण स्वीकृत भएपछि मेलम्ची खानेपानी आयोजना सुरु भएको हो । र कुल लागत अनुमान तत्कालीन अवस्थामा ४६४ मिलियन अमेरिकी डलर रह्यो । सन् २००५ मा नोराड, सिडा र विश्व बैंकले ऋण लगानीको प्रतिबद्धता फिर्ता लिएको हुँदा लगानी अभावले आयोजना कार्यान्वयनमा समस्या भएको थियो ।
     
    सन् २००८ सम्म आयोजनाका सहायक कार्यहरू मध्ये जग्गा अधिग्रहण, पहुँच मार्गको निर्माण, क्याम्प साइट निर्माण लगायतका कार्यहरू सम्पन्न भई सन् २००८ पछि मात्र आयोजनाको हेडवक्र्स एवं  सुरुङ निर्माणको कार्य सुरु भएको हो । मेलम्ची आयोजना सन् २००५ मा एसियाली विकास बैंकको ऋण सम्झौताका सर्तहरू अनुसार काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, खानेपानी महसुल निर्धारण आयोग तथा काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड अध्यादेश मार्फत खडा गरिएको आयोजना हो ।
       सन् २००७ मा एसियाली विकास बैंकको ऋण सम्झौताको अवधि समाप्त हुन गई पुनः सम्झौता भने हुन सकेन । सन् २००८ मा पुनर्संरचना गरी आयोजनाको दायरामा केही परिवर्तन गरी दुई भागमा विभाजन गरियो । साथै, लागत अनुमान ३१७ मिलियन अमेरिकी डलर कायम हुन गयो । मेलम्ची खानेपानी आयोजना उप–आयोजना–१ को कुल लागत २४९ (संशोधित ३१२ मिलियन अमेरिकन डलर) तथा उप–आयोजना–२ को लागत ६८ मिलियन अमेरिकन डलर रहेको छ ।
    सन् २००८ बाट सुरुङ निर्माण कार्यको खरिद प्रक्रिया सुरु गरी जनवरी २००९ मा चाइनिज निर्माण व्यवसायीसँग सम्झौता भई अप्रिल २००९ बाट परिचालन गरिएको तत्कालीन समयमा आयोजना सम्पन्न गरिने म्याद सेप्टेम्बर २०१३ रहेको थियो । निर्माण व्यवसायीबाट ठेक्का सम्झौताको प्रावधान अनुसार (ठेक्का अनुसारको ७८.६५५ समय व्यतीत हुँदासम्म जम्मा १५.३५५ मात्र भौतिक प्रगति गर्न सकेको)  निर्माण कार्य गर्न सम्पन्न हुनसक्ने अवस्था नरहेकाले २५ सेप्टेम्बर २०१२ मा ठेक्का सम्झौता रद्द गरिएको थियो ।
       मेलम्चीको तत्काल बाँकी रहेको कार्यका लागि खरिद प्रक्रिया सुरु गरी सन् २०१३ को जुलाई १५ मा निर्माण व्यवसायी सिएमसी डी रेभेनासँग सन् २०१६ को सेप्टेम्बर सम्ममा बाँकी कार्य सम्पन्न गर्ने गरी रु. ७ अर्ब ७२ करोड (भ्याट बाहेक) मा ठेक्का सम्झौता भएका थियो । तर, सिएमसी कम्पनी आर्थिक रूपमा टाट पल्टिएपछि सन् २०१८ डिसेम्बर २१ मा कम्पनीले काम छोडेर भागेको थिए । त्यसपछि सिएमसीसँग मेलम्ची बोर्डले आयोजनाको धरौटी रकम जोगाउन ठेक्का सम्झौता तोड्ने निर्णय ग¥यो । ठेक्का सम्झौता तोडिएपछि मेलम्ची आयोजना विकास समितिले चीनको सिनो हाइड्रोसँग पुनः ठेक्का सम्झौता गरेर काम अघि बढायो । अहिले मेलम्ची आयोजनाको भौतिक प्रगतिको काम करिब सम्पन्न हुन लागेको छ भने सुरुङको परीक्षण गर्ने चरणमा पुगेको छ ।

तपाईको प्रतिक्रिया