बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021
हरि ढकाल
प्रबन्ध निर्देशक– राइजिङ स्टार कार्गो प्रा.लि
सह–कोषाध्यक्ष– नेपाल फ्रेट फरवाडरस एसोसिएसन (नेफा)
( राइजिङ स्टार समूह अन्तर्गतको भगिनी संस्था अमेरिकाको लस एन्जेल्स स्थित राइजिङ इन्टरनेशनलले नेपालबाट वार्षिक ३० करोडको गार्मेन्ट तथा हस्तकला सामाग्री आयात गर्दछ ।) 
हवाई पारवहन र निर्यातमा क्षेत्रमा अनुभव बटुल्दै उनको समूहले सञ्चालनमा ल्याएको राइजिङ स्टार कार्गो २२ औँ वर्षमा प्रवेश भएको छ । दुई दशकको व्यावसायिक यात्रामा थुप्रै आरोह अवरोहरु पार गर्दे नेपाली निर्यात योग्य वस्तुको अमेरिकी बजारमा ब्रांडिंग गर्न सफल भएका छन् । नेपाली पश्मीना , हस्तकला, गार्मेन्ट लगायतका उत्पादन अमेरिका स्थित लस एन्जेल्समा राइजिङ इन्टरनेशनल नामक कम्पनी दर्ता गरी नेपाली निर्यात योग्य उत्पादनको बजारीकरणमा सहयोगी बन्न सफल भएका छन् । राइजिङ स्टार समूहबाट त्यस बेला रु ५ करोडको लगानी भएको जनाइएको छ । निर्यात बजारीकरणमा सरकारी तहबाट थोरै सहयोग पु¥याए पनि अपुग रहेको सरोकारवालाहरू बताउँछन् । तर निजी क्षेत्रबाट गरिएको यस प्रयासलाई उदाहरणीय मान्न सकिन्छ । राइजिङ  इन्टरनेशनलले करार तथा स्थाइ नियुक्ति मार्फत १८–२० व्यक्तिलाई रोजगार दिन मात्र होइन केही अमेरिकी नागरिकलाई समेत रोजगारमा आबद्ध गराउन सफल भएका छन् । अझ निर्यातको मुख्य सिजनमा त्यो भन्दा बढीको सङ्ख्यामा रोजगारी उपल्वध गराउन कम्पनी सफल भएको छ ।
      राइजिङ स्टार समूहको यस प्रयासबाट राष्ट्रले प्रत्यक्ष वैदेशिक मुद«ा आम्दानी सहित नेपाल भित्रै रोजगार सिर्जना हुँदा राज्य प्रतिको आफ्नो दायित्व निर्वाह भएको हरि बताउँछन् । कोभिड अघिका वर्षहरूमा राइजिङ इन्टरनेशनलले ३० करोड मूल्य सम्मको सामान नेपालबाट आयात गर्न सफल भए पनि सन २०२० मा  समूहबाट लक्ष्ति  निर्यात हुन सकेन । कोभिड महामारीमा विश्वका अन्य राष्ट्रको तुलनामा अमेरिका अति प्रभावित राष्ट्रको सुचीमा पर्दछ । त्यहाँको प्रशासनले लगाएको कडा लकडाउन लम्बिए पछि बजार बन्दका कारण नेपाली निर्यात उद्योग त्यसको चपेटामा परेको हो ।
                   अमेरिकी कडा लकडाउन
नेपाली निर्यातका सामान गन्तव्यमा विलासिताका वस्तु सुचीमा पर्दे आएको छ । तर  लकडाउनका कारण ३० लाखले रोजगार गुमाएको अमेरिकी श्रम विभागले यस अघि नै जनाइ सकेको छ । बेरोजगारी पछि क्रय शक्तिमा आएको कमीले नेपाली निर्यातका  सामान बिक्री २०१८–०१९ को तुलनामा आधा घटिसकेको छ । नेपालबाट अमेरिका र त्यहाँबाट क्यानडा लगायतका राष्ट्रमा नेपाली उच्च गुणस्तरीय गार्मेन्ट लगायतका विभिन्न आकर्षक हस्तकलाका वस्तु निर्यात हुने गर्दछ छ ।  राइजिङ स्टारले नेपाली निर्यात हुने वस्तु मध्ये गार्मेन्टलाई विशेष प्राथमिकतामा राख्दै आएको छ । कम्पनीको सहकार्यमा अमेरिका बाहेक युरोपेली राष्ट्रहरूमा समेत बजार प्रतिनिधि मार्फत नेपाली वस्तु निर्यात तथा बिक्री हुँदै आएको छ ।
       तर नेपाली गार्मेन्ट उद्योग अमेरिकी कोटा प्रणाली खारेजी पछि धराशायी बन्दै गएको छ । अमेरिकाले नेपाल लगायतका २३ मुलुकलाई सन १९४७ देखि गरिबी निवारणका लागि विशेष व्यापार ग्राहयता ग्याट (GAAT) अन्तर्गत भन्सार सुविधा मार्फत गार्मेन्ट निर्यातलाई प्रोत्साहन गरेको थियो । सन १९९५ मा विश्व व्यापार संगढनले ग्याटलाई प्रतिस्थापन गरिदियो । अमेरिकाले पुन्ह सन २००२ सम्म ग्याट सुविधा सरह निर्यातको समय लम्बाएको थियो । तर विकासशील देशहरूले निर्यातमा विकसित राष्ट्रहरूको विश्वास जित्न नसकेपछि नेपालको गार्मेन्ट निर्यात धराशायी बन्न पुगेको हो । राष्ट्रिय गार्हस्थ्य उत्पादनमा गार्मेन्ट  क्षेत्रको साझेदारी ३ प्रतिशत भन्दा बढी थियो ।
कोभिड महामारीले नेपाली गार्मेन्टका अमेरिकी खरिदकर्ताबाट सन २०२० मा १.२५ बिलियन अमेरिकी डलर बराबरको अर्डर रद्द गरिएको छ । जुन समग्र निर्यातको करिब २८ प्रतिशत हिस्सा हुन आउँछ । सन २०१८–०१९ नेपालबाट ६.३४ मिलियन गार्मेन्ट निर्यात हुन सकेको टे«ड प्रमोसन सेन्टरले जनाएको छ । विश्व व्यापार संगठनमा नेपालको सहभागिता पछिका १३ वर्षमा गार्मेन्ट निर्यात मूल्यको आधारमा त्यस आ.व मा सबै भन्दा उच्च बन्न पुगेको थियो । निर्यात गन्तव्यमा नेपाली उत्पादनको न्यूनतम उपभोक्ता खुद«ा बिक्री मूल्य एक सय अमेरिकी डलरमा हुने गर्दछ ।
  हरि ढकाल

नेपाली निर्यात योग्य उद्योगको लागत उच्च भएकोले समकक्षी बांग्लादेश सहित अन्य एसियाली मुलुकसँगको दाँजोमा मूल्य प्रतिशपर्थी हुन सकेको छैन । यस  तर्फको लागत घटाउन सरकारले बनाएको नीति कागजमा सीमित भए पछि मूल्य प्रतिस्पर्थामा खरो उत्रन चुनौती थपिएको छ । नेपाली उत्पादनका मनमोहक डिजाइन आकर्षक रंग इत्यादिका कारण विदेशीहरू केही महँगो मूल्य तिर्न तैयार हुने गर्दछ । वस्तु उत्पादनमा लागत मूल्य केही कम भइदिए निर्यात उद्योगले ढुलो फड्को मार्ने ढकाल बताउँछन् । उद्योगलाई आवश्यक कच्चा तथा सहायक कच्चा पदार्थमा विदेश आयातमा निर्भर , उच्च श्रम लागत तथा विभिन्न शीर्षकका सरकारी कर जस्ता समस्या समाधान नहुनु नै निर्यात क्षेत्रबाट राज्यले लक्षित लाभ लिन नसकेको हो ।

       निर्यात उद्योगले आयात गर्ने कच्चा पदार्थमा भन्सार सुविधा सस्तो दरका सरकारी लजेष्टिक सेवा तथा यस तर्फका साना तथा मझौला उद्योगी लक्ष्ति सरल वित्तीय ऋणको पहुँचलाई सरकारी तहबाट  तत्काल सहजीकरण नगरिए कोभिड असरबाट निर्यात क्षेत्र बाहिरिन सक्दैन । त्यस्तै निर्यात उद्योग मैत्री नीतिमा यस अघि सरकारी पक्षसँग गरिएका अन्तरक्रिया र सुझाव पूर्णतः बेवास्ता गरिनु दुर्भाग्य भएको छ । निर्यात गरिए बापत राष्ट्र बैकबाट उपल्वध अनुदानमा पछिल्ला पटक थप झन्झटिलो बनेको छ । यस अघि निर्यात भएका कागज पत्रहरू चेम्बरबाट स्वीकृत हुने सरल प्रक्रिया थियो । तर सरकारबाट चेम्बरको अधिकारलाई वाणिज्य विभागलाई जिम्मा लगाए पछि अनुदान उपल्वध हुन चुनौती थपिएको छ । अझ निर्धारित समय भित्र अनुदानमा दाबी नगरिए त्यस कन्साइन्टमेन्टको अनुदान समेत खारेज हुने जस्ता सरकारी नियमले निर्यातकर्ताहरु हतोत्साह बन्न पुगेका छन् ।

तपाईको प्रतिक्रिया