आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021
ग्लोबल आइएमई बैंक लिमिटेडले “सबैका लागि बैंक” नारालाई सार्थक बनाउँदै देशको बिकट जिल्ला मनाङको ङिस्याङ गाउँपालिका –४, मा २०७७ फागुन ३ गते सोमबार देखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यसै क्रममा बैंकले सिराहा जिल्लाको सुखीपुर नगरपालिका वडा नं. ८, मा समेत शाखा सञ्चालन भएको छ । यो सहित बैंकको शाखा संख्या २७० पुगेको जनाइएको छ । ग्लोबल आइएमई बैंकले मुलुक भित्र तथा बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा २७० शाखा, २४२ एटिएम, २४५ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८०० सेवा केन्द्रबाट ग्राहक वर्गलाई सेवा प्रदान गरिरहेको छ । बैंकको यस प्रयासबाट २२ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्न सक्षम भएको बताइएको छ ।
   
     त्यसै गरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटेन्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।
      सेवा क्षेत्र अन्तर्गत  आन्तरीक प¥यटनलाई बल पुग्ने उद्धेश्यले हालै बैंक र सिद्धार्थ बिजनेस समुह अफ हस्पिटालिटी बिच समझदारी पत्रमा हस्ताक्षर भएको जनाइएको छ । उक्त समझदारी पत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धन प्रमुख शान्ता शिवाकोटी र सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटीका बिक्री तथा बजार व्यवस्थापन निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी तथा बैंकका डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्ड बाहक ग्राहक वर्गले सिद्धार्थ बिजनेस गु्रपअफ हस्पिटालिटीमा उपलब्ध आवास तथा खाना÷पेय पदार्थमा १०५ सम्म छुट प्राप्त गर्ने सक्ने छन् ।

तपाईको प्रतिक्रिया