आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021

कुमारी बैंक लिमिटेडको अगुवाइमा सह–वित्तीयकरण कर्जा अन्तर्गत तुदि पावर कम्पनी प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको म्याग्दी जिल्ला भएर बग्ने राहुघाट खोलामा बन्न लागेको ४८.५० मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत परियोजनाको लागी आवश्यक वित्तीय व्यवस्थापन सम्झौता गरिएको बैंकले जनाएको छ । उक्त सह–वित्तीयकरण सम्झौता अन्तर्गत कुमारी बैंक लि. सहित ग्लोबल आइएमई, सिद्धार्थ बैंक लि., नेपाल क्रेडिट एन्ड कमर्ज तथा माछापुच्छ्रे बैंक लिमिटेड रहेका छन् ।

यस परियोजनाको कूल लागत रु ८ अर्व ३० करोड मध्ये सह–वित्तीयकरण बैंकहरुबाट जम्मा ऋण कर्जा ५ अर्व ८१ करोड प्रवाह हुनेछ । आयोजनाका मुख्य लगानीकर्ता हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेड, तुदÞी इन्भेष्टमेन्ट कम्पनी प्राईभेट लिमिटेड र महेश्वर प्रकाश श्रेष्ठ रहेका छन् । त्यस्तै वैदेशिक लगानीकर्ताको रुपमा चिनियाँ कम्पनी, सिचुवान जी अन्ताई एनर्र्जी डेभेलपमेन्ट कम्पनी लिमिटेड रहेको जनाइएको छ ।    परियोजनाले वि.स २०८० सम्म विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ । जलविद्युत आयोजना राष्ट्रिय प्राथमिकता क्षेत्र अन्तर्गत पर्ने गएको हुनाले, बैंक तथा वित्तीय संस्थाहरूले यस क्षेत्रमा लगानीको दायरा बढाइरहेको बताइएको  छ ।
कुमारीको देशभर १९२ शाखा सञ्जाल, १६२ एटिएम, २२ शाखा रहित बैंकिंग इकाई तथा १३ एक्सटेन्सन काउन्टर मार्फत अत्याधुनिक बैंकिंङ्ग सेवा सुविधाहरू दिँदै आएको कुमारी बैंकले राष्ट्रिय प्राथमिकता अन्तर्गतका विविध आयोजनाहरूमा लगानी गर्दै आइरहेको र उक्त कार्य निरन्तर रूपमा अघि बढ्दै जाने बैंकले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया