आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021

फागुन १७ ,काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २÷२ रुपैयाँ बढाएको हो । आन्तरिक उडानमा खपत हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य भने प्रति किलो लिटर २५ अमेरिकी डलर वृद्धि गरिएको जनाइएको छ ।
नयाँ मूल्य सूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय १६ रुपैयाँ, डिजेल तथा मट्टितेलको ९९ रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य ७२ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोमिटर ८ सय ९३ अमेरिकी डलर कायम भएको छ । ग्यासको मूल्य भने १ हजार ४ सय रुपैयाँमा यथावत् राखिएको छ । तेलको उपभोक्ता मूल्य वृद्धि पछि निगमलाई पेट्रोलमा प्रतिलिटर ८.४२ रुपैयाँ, डिजेलमा ६.५६ रुपैयाँ तथा एसपी ग्यासमा प्रति सिलिन्डर ३ सय ९२ रुपैयाँ ८२ पैसा नोक्सान रहेको निगमले जनाएको छ । मागको प्रक्षेपणका आधारमा यो मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्दा निगमलाई १५ दिनमा १ अर्ब ३२ करोड नोक्सान हुने उसले जनाएको छ ।
मूल्य बढ्दा पनि सीमावर्ती भारतीय बजारमा भन्दा नेपालमा पेट्रोलको मूल्य ९५.९३ रुपैयाँ र डिजेलको मूल्य ४२.०७ रुपैयाँ सस्तो पर्ने निगमले स्रोतले बताएको छ । यसरी प्रत्येक महिना पेट्रोलियम पदार्थ मा मूल्य बढ्दै जाँदा समेत सरकार को तर्फबाट जनता लक्षित आर्थिक राहत प्याकेज योजना ल्याएको पाइएको छैन ।

तपाईको प्रतिक्रिया