आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021
 नेपाल डिजिटल युगमा रूपान्तरण हुने क्रममा नागरिकको दैनिक भुक्तानीलाई सहज बनाउन दर्जन भन्दा बढी भुक्तानी प्रदायक मोबाइल एप प्रयोगमा आइसकेका छन् । सन् २०१० देखि  मुन्चा डट कमको सहकार्यमा आइ–पे पेमेन्ट गेटवे सेवा प्रदायक मोबाइल एप बजारमा ल्याइएको थियो । त्यही आइ–पे  राष्ट्रबैंकबाट इजाजत पत्र प्राप्त गरेको कम्पनीले जनाएको छ । राष्ट्र बैकबाट भुक्तानी प्रदायक एप स्वीकृति हुन ३ लाख प्रयोगकर्ता हुनुपर्ने प्रावधान छ ।  हाल यस एपको प्रयोगकर्ता ५ लाख पुगे पछि इजाजत पत्र उपल्वध गराइएको कम्पनी स्रोतले बताएको छ  । आइ–पे विशेष गरी रेमिटेन्स भुक्तानी पेमेन्ट गेटवेको नामले नेपाली बजारमा परिचित छ । अब यही पेमेन्ट गेटवे मार्फत प्रवर्धन गरिएको इ–ढेवा दि सुपर एप मार्फत दैनिक रूपमा उपभोग्य सेवाका सम्पूर्ण भुक्तानी गर्न सकिने मोबाइल वालेट बनेको छ ।
    सन् २०१६ मा अनलिमिटेड प्रा.लि ले सहकारी क्षेत्रमा भुक्तानी आदान प्रदानको लागि प्रयोगमा ल्याएको इ–ढेवा मोबाइल एपलाई  मुन्चा डटकमबाट प्रवर्धन गरिएको  आइ–पेको तर्फबाट संयुक्त रुपमा व्यवसायीक सहकार्य सुरु भएको थियो । उता अनलिमिटेडले नेपाली सफ्टवेयर बजारमा  माइक्रोसफ्टको बजार बिस्तारका लागि सन २००४ मा माइक्रोसफ्टको विन्डोज एक्स.पी र अफिस २००३ संस्करणलाई नेपालीकरण गर्न सफल भएको कम्पनीको नामले परिचित छ  ।          राष्ट्रबैंकबाट आइ–पेले कानुनी मान्यता प्राप्त गरेपछि बैंकको सञ्जालमा रहेका सम्पूर्ण क ख र ग वर्गका वित्तीय  संस्था मार्फत  नेपालभर इ–ढेवाको सेवा उपभोग गर्न पाइने छ । यसका  साथै आगामी दिनमा सरकारी सेवामा लाग्ने शुल्क समेत यही आइ–पे पेमेन्ट गेटवेको इ–ढेवा मार्फत भुक्तानी गर्न सकिने छ ।
 आइ–पे मार्फत यस अघि दैनिक करिब २० लाख बराबरको कारोबार हुने गरेको मुन्चाको दाबी छ । चा.लु आ.व मा पेमेन्ट गेटवेका लागि राष्ट्रबैंकबाट २८ कम्पनीले इजाजत पत्र प्राप्त गरिसकेका छन् भने अन्य तीन कम्पनीले समेत इजाजत पाउने क्रममा रहेको बुझिएको छ । राष्ट्र बैकबाट यस प्रकारको भुक्तानी प्रदायक कम्पनीले ६ महिना भित्र कम्पनी सञ्चालनमा नआए इजाजत पत्र खारेजीमा पर्ने  समेत व्यवस्था छ ।

तपाईको प्रतिक्रिया