आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021
भन्सार एजेन्ट महासंघ नेपालको दशौं वार्षिक साधारण सभा तथा चौथो महाधिवेशन सम्पन्न भएको महासंघले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । उक्त सम्पन्न चौथो महाधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको जनाएको छ । जसमा अध्यक्ष–भरतराज घिमिरे, वरिष्ठ उपाध्यक्ष– प्राचीन कुमार थैब, प्रथम उपाध्यक्ष– काशीराज उपाध्याय, दितिय उपाध्यक्ष– भाग्य नारायण मिश्र, तृतीय उपाध्यक्ष– चेतनाथ पौडेल, महासचिव–विष्णुमणि खनाल त्यस्तै सचिवमा कृष्णप्रसाद घिमिरे र कोषाध्यक्षमा मनोज राउत कुर्मी रहेको जनाइएको छ । कार्यसमिति सदस्यमा क्रमशः नन्द किशोर मल्ल, शैलेन्द्र कुमार न्यौपाने, प्रविण जोशी, मधु प्रसाद पन्थि, प्रेम कुमार अधिकारी, देबकी  नन्दन शर्मा र बिमला पन्त रहेका छन् । महासंघको मनोनित सदस्यमा भैरहवाका लक्ष्मण घिमिरे र वीरगंजका विजय कुमार गुप्ता रहेको जनाइएको छ ।
    उक्त कार्यक्रमका विशिष्ट अतिथि त्रि वि भन्सारका प्रमुख प्रशासक लक्ष्मी प्रसाद निरौलाले भन्सार नाकाहरूमा निर्माण भएका भौतिक पूर्वाधारका बारेमा जानकारी गराउँदै चालू आ.वमा भन्सार प्रशासनलाई  थप व्यवस्थित गर्न प्रविधि स्तर उन्नतीलाई प्राथमिकतामा राखिने बताएका छन् । महासंघका निवर्तमान अध्यक्ष डा.शान्त कुमार शर्माले एजेन्ट व्यवसायीबाट भन्सार जाँच–पासमा भोग्नु परेका समस्याका बारेमा उजागर गर्दै भन्सार ऐनमा यथाशीघ्र सच्चाउनु पर्ने  बुँदाहरूका बारेमा सरकारी ध्यानाकर्षण गराएका थिए ।

तपाईको प्रतिक्रिया