आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021
अटोमोबिल्स  एसोसिएसन अफ नेपाल नाडाले सामाजिक उत्तरदायित्व वहन गर्दे ताप्लेजुङ आगलागी पीडितलाई रु २०१,००० आर्थिक  सहयोग उपल्वध गराएको जनाएको छ ।
बायाँबाट–माननीय भौतिक, पूर्वाधार तथा यातायात मन्त्री –वसन्त कुमार नेम्बाङ्गलाई नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालबाट सहयोग चेक हस्तान्तरण गरिँदै ।
संस्थाले सो सहयोग माननीय भौतिक, पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङ्ग मार्फत ताप्लेजुङ आगलागी पीडितलाई आर्थिक सहयोग गरेको हो । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्य नाडा प्रतिनिधिले  माननीय भौतिक, पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङ्गलाई भेटी नाडाको सामाजिक उत्तरदायित्व अन्तर्गत ताप्लेजुङ्गको दोभानमा भएको आगलागी पीडितहरूको लागी जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङ्गलाई सहयोग स्वरूप रु २०१,०००÷( को चेक हस्तान्तरण गरिएको छ ।
उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले ताप्लेजुङ्गको दोभानमा भएको आगलागी पीडितहरूको राहतको लागी नाडाका पदाधिकारी लगायत कार्यसमिति सदस्यहरूबाट रकम संकलन गरी रु २०१,००० जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङ्गको नामको चेक माननीय मन्त्रीलाई हस्तान्तरण गरेका छन् ।  मन्त्री  नेम्बाङ्गले देशमा आइपरेको  विपद्को समयमा नाडाले देखाएको चासो र सहयोग प्रति धन्यवाद दिदैें नाडाबाट उपल्वध सो सहयोग रकममा व्यक्तिगत तर्फबाट केही रकम थप गरि प्रदेश सांसद मार्फत जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङ्गलाई हस्तान्तरण गरी नाडालाई समेत जानकारी गराइने उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया