आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021
विकास बैंक समूह मध्ये उत्कृष्ट विकास बैंक बन्ने दौडमा शाइन रेसुङ्गा विकास बैंकले नेपालको मुख्य व्यावसायिक मुटु संघीय राजधानी काठमाडौँमा एकै दिन नयाँ बानेश्वर, न्यु रोड, कलंकी, गोंगबु र बसुन्धारा  सहित पाँच शाखा एक भव्य समारोहका बिच चैत्र ८ गते उद्घाटन सम्पन्न गरेको छ ।
शुभारम्भ
बुटवलमा वि.स २०६५ सालमा ३ जिल्ला कार्यक्षेत्र सहित कारोबार सुरु गरेको बैंकले त्यसपछि लगातार कार्यक्षेत्र विकास गर्ने क्रममा वि.स २०६९ सालमा गुल्मीको रेसुङ्गा विकास बैकलाई मर्जर गरेपछि शाइन रेसुङ्गा विकास बैङ्क बनेको थियो । त्यसको लगत्तै भुईँचालो पछि बि.स २०७३ सालमा प्युठानको गौमुखी विकास बैकलाई समेत मर्जर गरी व्यावसायिक कार्यक्षेत्र र क्षमता विस्तार गर्न भ्याएको थियो । यो सहित वि.स  २०७६ सालमा बाँकेको भार्गव भैरहवाको  पूर्णिमा विकास  बैङ्क संगको  एक्विजिशन सहित हालै काठमाडौँमा गरिएको ५ शाखा शुभारम्भले बैकले नेपालभर ८० शाखा सञ्चालनमा ल्याउन सफल भएको छ ।
                      बैंकका अध्यक्ष थानेश्वर  पौडेल
एक दशक अघि मात्र ६ करोड चुक्ता पुँजीबाट सुरु भएको ब्यबसायीक यात्रामा चालू आ.वको दोस्रो चौमासिक आइपुग्दा बैंकको चुक्ता पुँजी ४ अर्ब पुगेको जनाइएको छ । बैंकमा ६५ संस्थापक सहित  चार लाख ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराइएको छ । बैंकले ३३ अर्ब निक्षेप र ३१ अर्ब कर्जा लगानी सहित आठ सय व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिन सफल भएको छ ।
  उक्त उद्घाटन समारोहमा बैंकका अध्यक्ष धनेश्वर पौडेलले व्यावसायिक इमानदारिता सहित संस्थागत सुशासनलाई पछयाउंदै राष्ट्र बैंकको जारी निर्देशन पालना गरिने प्रतिबद्धता जनाइएका थिए । ग्रामीण बैंकिङ सहित वित्तीय पुर्‍याउन बैंक कटिबद्ध रहेको उनले बताए ।

शाइन फर योर शाइनिङ लाइफ

प्रकाशक पौड्याल   प्रबन्ध निर्देशक  शाइन रेसुङ्गा विकास बैङ्क 
काठमाडौँमा एकै दिन शुभारम्भ गरिएको ५ शाखाबाट सुरु यो व्यावसायिक यात्राले वित्तीय बजारमा अलग पहिचान बनाउन सहयोगी हुने विश्वास लिन सकिन्छ । सन्तुष्ट ग्राहक संख्यामा थप वृद्धि भई वित्तीय उद्योग भित्र नयाँ उपकरण ल्याइने छ । ग्रामीण बैंकिङमा बलियो आधार बनाइ सकेको शाइनले  उच्च जनसंख्या भएको काठमाडौेंमा स्तरीय वित्तीय सेवा उपलब्ध गराउने लक्ष्य सहित यस प्रकारको रणनीति लिइएको हो ।  कोभिड महामारी पछि अर्थतन्त्रलाई लयमा फर्काउन निजी क्षेत्रसँग सहकार्य गर्ने क्रममा उद्योग र व्यवसाय दुवै तर्फ सहज ऋण लगानीलाई प्राथमिकता दिइएको छ । तर ऋण लगानीमा कम रिस्क तर उच्च रोजगार उपार्जन क्षेत्रमा लगानी केन्द्रित भई उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा रखिएको छ । जस अन्तर्गत कृषि क्षेत्रको  विशेष गरी  पोल्ट्री उद्योगमा कुल लोन र्पोट फोइलोको ४ अर्ब सम्म ऋण लगानी गरिएको छ । यो सहित स्र्टाट अप व्यवसायका लागि युवा उद्यमी लक्ष्ति विभिन्न प्रोडक्टसहरु ल्याएको छ । जसको व्याज दर विकास बैंक मध्ये कै न्यून हुनु मा अन्य विकास  बैंकको तुलनामा न्यून आधार ब्याज दर भएको श्रेणीमा शाइन रेसुङ्गा पर्न सफल भए पछि युवा उद्यमी तर्फ ऋण लगानी थप सहज हुन पुगेको छ । अबका दिनमा विकास बैंक बिच हुने प्रतिस्पर्धालाई छाडी वित्तीय क्षेत्रमा खरो उत्रन हामी प्रतिबद्ध छौँ ।

तपाईको प्रतिक्रिया