आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021

बङ्गलादेश भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले बङ्गलादेशसंग रेलमार्ग जोडने सम्झौतामा हस्ताक्षर भएको जनाएको छ ।  नेपाल र बङ्गलादेश बिच दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा रेलमार्ग सहित चारवटा  विषयको समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमा पर्यटन सहयोग, सरसफाइ, सांस्कृतिक आदानप्रदान र रोहनपुर–सिंहबाद रेलमार्ग सम्बन्धी सझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला र बङ्गलादेशी नागरिक उड्डयन सचिव मोहम्मद मकामेल हुसेन, नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र बङ्गलादेशी वरिष्ठ कृषि सचिव मोहम्मद ममाहुल इस्लाम, सांस्कृतिक मामिला सचिव बदरुल आरेफिन र वाणिज्य सचिव मोहम्मद जफार उद्दिनले हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा हस्ताक्षर अघि दुई राष्ट्रपति बिच राष्ट्रपति भवनमा भेटवार्ता भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया