आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021
जीवन पाण्डे प्रमुख कार्यकारी निर्देशक न्यु योर्क कार्गो प्रा.लि.

देशको अर्थतन्त्र बलियो बनाउने आर्थिक उपकरण वैदेशिक मुद्रा आम्दानी स्रोत मध्ये निर्यात पर्ने गर्दछ । यसका लागि सरकारी दीर्घकालीन नीति कागजमा सीमित भएको महसुस गरिएको छ । निर्यातका नीति कार्यान्वयन अत्यन्त फितलो रहेको छ । निर्यात उद्योगलाई लयमा फर्काउन आन्तरिक वाणिज्य सहजीकरणमा सरकारलाई चासोे नभएपछि समृद्ध नेपाल सुखी नेपाली नारा साकार हुन सक्दैन । वाणिज्यका सहायक कार्गो व्यवसायीले निर्यात जन्य वस्तुको उत्पादन देखि  गन्तव्यमा सामान नपुगेसम्म सम्पूर्ण लजेष्टिक सेवा उपलब्ध गराउँदै अन्तर्राष्ट्रिय वाणिज्यमा प्रत्यक्ष सहभागी हुने गर्दछन् । यही वाणिज्यमा सहजीकरण नहुँदा लजेष्टिक सेवा प्रदायक  व्यवसाय धरापमा पर्ने संकेत देखिन थालेको छ । यसतर्फ आश्रित लाखौँ व्यक्तिले  पर्यटन क्षेत्र जसरी रोजगारीबाट हात धुनु पर्ने अवस्थाले थप गम्भीर स्थिीती सृजना हुन सक्छ ।
सन २०१९ को अन्तिम देखि सुरु भएको कोभिड महामारीले अन्तर्राष्ट्रिय वाणिज्य र निर्यातमा परेको असर व्यवस्थित हुने समय यकिन गर्न सकिन्न ।  वैदेशिक मुद्रा आयलाई घटन नदिन सार्क राष्ट्र सहित दक्षिण एसियाका प्राय सबैले निर्यात नीतिलाई थप सहज बनाउँदै बस्तुको मूल्य प्रतिस्पर्धी बनाउने होडबाजी चलिरहेको छ । तर नेपाल सरकार कोभिड असर कम भएका राष्ट्रमा ठुलो परिमाणमा वस्तु निर्यात गरी वैदेशिक मुद्रा आर्जन गर्नुको सटा भएका निर्यात वाणिज्यको घाँटी अँठयाउने कार्यलाई सिलसिला बद्ध बनाउने क्रियाकलापलाई अघि सार्दे लगेको छ । निर्यात हुने वस्तुमा लाग्दै आएको टी.डी.एस बाट छोटो अवधिका लागि सरकारी राजस्व संकल्न बढे पनि गन्तव्यमा वस्तुको मूल्य प्रतिस्पर्धा घटाइदिने तर्फ वाणिज्य मन्त्रालय बेखबर छ ।

निर्यात

समृद्ध नेपाल र सुखी नेपाली सरकारी नारा साकार हुनको लागि राज्य र जनता समृद्ध हुन आवश्यक छ । युवा जनशक्ति विदेश पठाइ वार्षिक ११ खर्ब रेमिटेन्स आम्दानी निर्यात वाणिज्यबाट हुन सके नेपाली वस्तुको पहिचान र ब्रान्डीङमा सहयोग पुग्ने थियो । उता निर्यात योग्य सामान बोक्ने कार्गो भ्यान कार्यालय समयमा गुडाउन नपाइने अचम्मको ट्राफिक नियमले कार्गो व्यवसायी थप हैरानी खेप्न बाध्य हुनुपरेको छ । राज्यको ढुकुटी भर्ने प्रमुख स्रोत भन्सार आम्दानी अग्र पंक्तिमा आउँछ । त्यही भन्सार जाँच–पासका लागि सामान बोकेका गाडीलाई ट्राफिक प्रशासनबाट अवरोध गरिए पछि नेपाल समृद्ध हुनेमा प्रश्न उठेको छ । विश्वभर आम्दानीको मुख्य श्रोत भएको  भन्सार विभाग २४ सै घण्टा खुल्ला रहने गर्दछ । नेपाललाई समृद्ध बनाइने सपनाको सुरुवात   भन्सार सेवालाई सधैँ खुल्ला राखी विदेशको जस्तै उदाहरण दिन सक्न्छि  । यस प्रयासले समयमा भन्सार असुलीले लक्ष्य पाउने सहित लजेष्टिक सेवामा सहजीकरण हुने थियो ।
सरकारले त्रि.वि विमान स्थलमा ट्रान्जिट कार्गो सुविधा उपल्वध गराउने तैयारीमा लागेको छ । ट्रान्जिट कार्गो सेवाले निर्यातमा दीर्घकालीन समस्या निम्त्याउने निश्चित छ । किनकि नेपाल उडान भर्ने यात्रुवाहक हवाईजहाजमा प्यासेन्जरका सामान राखिए पछि बचेको खाली ठाउँमा निर्यातका कार्गो उडाउने गरिन्छ । ट्रान्जिटबाट आउने जहाजमा निर्यात योग्य सामानको बुकिङ पाउन २ देखि ३ हप्ता कुर्नु पर्ने हुन्छ । यसबाट भन्सार गोदाममा राखिएका सामान थन्किई फ्रेट व्यवसायी र निर्यातकर्ताका गोदाम खर्च उच्च हुन्छ । निर्यात कार्गोमा लाग्ने एअर  फ्रेटमा समेत रु १०० –३००  सम्म वृद्धि भई निर्यात व्यवसाय थप धराशायी हुँदै जाने छ । उता ट्रान्जिटबाट आउने विदेशी जहाजमा नेपाली निर्यात योग्य सामानका लागि ठाउँ अपर्याप्त भइदिँदा विदेशी वायु सेवाले मनपरी भाडा असुल्ने निश्चित छ । यसबाट नेपाली निर्यात उद्योग पलायन भई कार्गो व्यवसाय सञ्चालन झन् चुनौती पूर्ण बन्दै जाने निशचीत छ ।
निर्यात जन्य उद्योगले निर्यात गरेको रकम बराबरको नगद अनुदान सरकारबाट पाउने थोरै स्पेस राष्ट्रिय निर्यात नीतिमा उल्लेख गरिएको छ । उच्च सख्ंयामा रहेका टे«डिङ कम्पनी विधिवत् रूपमा दर्ता भई सञ्चालन गरिएको छ । यी कम्पनीहरूले विदेशमा निर्यात योग्य सामानको ब्रान्डीङ सहित ग्राहक खोज्ने क्रियाकलाप गर्दछन् । विदेशीहरूलाई नेपाली सामानका बारेमा बुझाउने र खरिद गर्ने प्रोत्साहित गर्दे आएका छन् । टे«डिङ फर्महरूले अप्रत्यक्ष रूपमा राज्यलाई वैदेशिक मुद्रा आम्दानीमा सहयोग पुर्याउंदै आएकोले यस तर्फका कम्पनीबाट हुने  वाणिज्यलाई निर्यात सरह मान्यता दिई  सरकारी नगद अनुदान सूचीमा राखी उद्योग सरह समान व्यवहार गरिनु पर्ने आवश्यकता भैसकेको छ ।  निर्यात अनुदान सहजीकरणमा निजी क्षेत्रका चेम्बर र उ.वा.संघलाई समावेश गरिँदा साना तथा मझौला व्यवसायीलाई अनुदान पाउन थप सहज हुन्छ । सरकार वाणिज्य र निर्यात सहजी करण नगरी उच्च प्रतिशतको कर मात्र असुलेर समृद्ध नेपाल सुखी नेपाली नारा साकार हुँदैन ।

तपाईको प्रतिक्रिया