आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021
आइएमई रेमिट विप्रेषणतर्फ सधैँ देशको पहिलो कम्पनी बन्न सफल हुँदै आएको छ , यस वर्ष पनि  सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ ।
क्रमशः बायाँबाट उ.वा.संघका अध्यक्ष शेखर गोल्छा, आइएमई समूहका अध्यक्ष तथा उ.वा.संघका  वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सम्मानित हुँदै । 
आन्तरिक राजस्व विभागद्वारा बिहीबार आयोजित एक समारोहबिच नेपाल सरकार, अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान पत्र प्रदान गरेका थिए ।
   आन्तरिक राजस्व विभागले गत मंसिरको कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५  करदातालाई सम्मान गरेका थियो । त्यस बेला कोभिड १९ कारण सार्वजनिक कार्यक्रमहरू बन्देज लगाइकोले ढिलो गरी चैत्रको दोस्रो सप्ताह बिहीबार  एक समारोह बिच सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा आइएमई रेमिटलाई सम्मान गरेको थियो ।
                                                             आइएमई समूह   
 यसअघि यस आइएमईले लगातार तीन पटकसम्म नेपाल सरकारबाट यो उपाधि हात पारी सकेको छ ।  नवौँ राष्ट्रिय कर दिवसका अवसरमा  आइएमई सहित सबैभन्दा धेरै आयकर तिन कम्पनीहरूलाई सम्मान गरिएको छ । श्रमका लागि विदेशमा गएका युवाले आर्जन गर्ने रेमिटेन्स बैंकिङ्ग सञ्जाल मार्फत नेपाल भित्र्याउने उद्देश्यले २० वर्षअघि स्थापित आइएमईबाट नेपालको समग्र रेमिट्यान्स व्यवसाय संस्थागत हुनुमा श्रेय जाने गरेको मानिन्छ । आइएमईले पहिलो पटक विदेशबाट बैंकिङ च्यानल मार्फत नेपालमा विप्रेषण भित्र्याउने सञ्जाल स्थापित  गर्न सफल कम्पनीको नामले परिचित छ ।
   नेपालको रेमिट्यान्स क्षेत्रको यही अगुवा संस्थाले रेमिटेन्स भित्रिन सहजीकरण गरिदिएको कारण वैदेशिक रोजगारीमा गएका लाखौँ नेपालीलाई आफ्नो घरमा पैसा पठाउन सहज भएको छ । विदेश तथा स्वदेशमा रहेका नेपालीहरू आइएमइको भरपर्दो र उत्कृष्ट सेवालाई विश्वास गरी रेमिटेन्स हैन आइएमइ गरौँ भन्ने एउटा पर्याय नै बनेको छ ।  स्थापनाकाल देखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २० वर्ष सम्म नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्दै २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट त्यस्तै बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत सेवा उपल्वध गराउन सफल हुँदै आएको बताएको छ ।

तपाईको प्रतिक्रिया