आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021
चैत्र महिनाको अन्तिम तेस्रो साताको पहिलो दिन आइतबार नेप्से २५.७१ अंकले वृद्धि भई २६५७.६१ विन्दुमा पुगेको छ । आइतबार नेप्से परिसूचक वृद्धि भई बैंक, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन, जीवन बिमा, माइक्रो फाइनान्स र अन्य समूहका परिसूचक वृद्धि भएको छ ।  उता होटेल, व्यापार, निर्माण तथा उत्पादन, म्यूचल फन्ड र लगानी समूहका लगानीकर्ताले भने गुमाएका छन् । यसअघि नेप्से परिसूचक ९ फागुनमा २६४०.३५ विन्दुमा  पुगेर रोकिएको थियो । आइतबार कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको देखिएको छ । हिजो ९ अर्ब ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुल १ करोड ८१ लाख ७३ हजार ३ सय ७८ कित्ता कारोबार भएको थियो ।
नाफा कमाउने कम्पनीहरु
आइतबार कुल सात वटा कम्पनीको सर्किट विन्दुमा कारोबार भएको छ । वोमी माइक्रो फाइनान्स वित्तीय संस्था, जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, राधी विद्युत् कम्पनी, आईएमई जनरल इन्स्योरेन्स, एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, सानिमा जनरल इन्स्योरेन्स र सान्जेन जलविद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका थिए । साल्ट ट्रेडिङ कर्पोरेसन, सर्पोट माइक्रो फाइनान्स, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट र विकास कम्पनी, स्वाभिमान लघुवित्त वित्तीय संस्था र अजोड इन्स्योरेन्सका लगानीकर्ताले भने बढी गुमाएका छन् । बढी कारोबार हुने संस्थामा नेपाल इन्फ्रास्टक्चर बैंक, माथिल्लो तामाकोसी, नेपाल रिइन्स्योरेन्स कम्पनी, नविल बैंक र प्रुडेन्सियल इन्स्योरेन्स रहन सफल भए ।

तपाईको प्रतिक्रिया