आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021
सन २०१९ को अन्तिम देखि अटो सर्भिसिङ तथा ओरिजिनल पार्ट्स उपल्वध गराउने उद्देश्यले ग्यारेज डट कम एप सुरुवात गरिएको थियो । सहरी जीवन शैलीमा अत्यावश्यक हुँदै गएको दुई पाङग्रे सवारी साधन नयाँमा कम्पनीको वारेन्टी मार्फत वैज्ञानिक मर्मत सम्भार हुनु स्वाभाविक हो । तर वारेन्टी समय समाप्त पछि अटो धनीको तनाव सुरु हुन्छ, किनकि वैज्ञानिक मर्मत सम्भार सबै ग्यारेजमा उपल्वध छैन । ग्यारेज एपले उपभोक्ताहरूको यही समस्या सुल्झाउन ओरिजिनल पार्ट्स र वैज्ञानिक मर्मत सम्भारको जिम्मा लिई ग्यारेज डट कम एप बजारमा ल्याएको हो । ओरिजिनल पार्ट्स तथा उचित मर्मत सम्भार हुने
ग्यारेजका बारेमा जानकारी नहुँदा सवारी साधन छिटो थोत्रो वा बिग्रिने गर्दछ । यो समस्या व्यक्तिगतको दाँजोमा सरकारी प्रयोगका सवारी साधनमा उच्च हुँदै गएको छ । एपका प्रयोगकर्ता  फेसबुक पेज तथा उपल्वध नम्बरमा मेसेज गरी सिधा सम्पर्क मार्फत सेवा उपभोगमा अभ्यस्त हुँदै आएको बताइन्छ  ।
स्विस मोबिल
सवारीलाई आवश्यक पर्ने मोबिल देखि प्रत्येक ब्रान्डलाई  मिल्ने सबै जसो ओरिजिनल पार्ट्सहरु उपल्वध गराइएकोले ग्राहक सख्ंयामा उच्च वृद्धि हुँदै गएको कम्पनी स्रोतले जनाएको छ ।  काठमाडौँ, ललितपुर र भक्तपुरका ग्राहकलाई सेवा पुर्‍याउने उद्देश्यले लामो समय देखि अटो क्षेत्रमा कार्यरत दक्ष मेकानिक्सहरु भएका ९३ वटा ग्यारेज एप सञ्जालमामा आबद्ध छन्  । अबका दिनमा  ग्यारेजमा आबद्ध भएकालाई प्लेटिनम, गोल्ड र सिल्भर गरी तीन श्रेणीमा राखी देशभर सञ्जाल फैल्याइनेछ । सिल्भर श्रेणीमा बाट सुरु भई सञ्जालमा रहेका ग्यारेजका भौतिक पूर्वाधार स्तर उन्नति गर्दे हाइड्रोलिक लिफ्ट तथा अत्याधुनिक टुल्सको व्यवस्थापन गर्दे प्लेटिनम सम्म पुर्‍याइने लक्ष्य राखिएको छ । एपको अर्को विशेषता मध्ये  बिच बाटो सवारी साधन बिग्रिए मेकानिक्स उपल्वध गराइने सेवाले  सवारी चालक बिच विश्वास बटुल्न सफल हुँदै गएको छ ।
 सञ्जाल अन्तर्गत रहेका ग्यारेजमा मासिक चार देखि ५ हजारको सख्ंयामा मोटरसाइकल मर्मतका लागि आउने गरेका छन् । अवका दिनमा चार पाङग्रे सवारी साधनलाई समेत सेवा उपल्वध गराइने  छ । ग्यारेजको उच्च स्तरीय सेवालाई अत्यधिक मनपराइए पछि मोटरसाइकल धनीहरू ग्यारेज एप तर्फ आकर्षित  हुन थालेका छन् । एपमा हेलमेट, स्र्पाक प्लक सहित  उच्च मूल्यका सामानहरू राखिएकोले ग्राहक सख्ंयामा पछिल्लो पटक वृद्धि हुँदै गएको जनाइएको छ ।
सवारी साधनको रगत यानि गुणस्तरीय मोबिल प्रयोगले प्राथमिकता नपाए पछि सवारी धनी थप हैरानी खेप्न बाध्य हुनु परेको छ । बजारमा दुई दर्जन भन्दा बढी नामका मोबिल उपलवध छन् । सवारीको इन्जिन क्षमता अनुसार ब्रान्डेड  मोबिल केही महँगो पर्ने भएता पनि लामो अवधि सम्म प्रयोग भई इन्धन खपत बचत हुन सहयोगी हुन्छ । सस्तो लोकल मोबिलको प्रयोगले छिटो इन्जिन बिग्रिने मात्र नभई सवारी दुर्घटना समेत निम्त्याउने निश्चित छ । ग्यारेज एपमा ओरिजिनल पार्ट्स केही मंहगो भएको ग्राहक गुनासो भए पनि सक्कली पार्ट्स प्रयोगले सवारीको आयु लामो भई दुर्घटनाबाट  बच्न सघाएको छ ।
                              ग्यारेज
   सवारी साधन तथा औद्योगिक मेशीनरीमा मासिक लाखौँ लिटर मोबिल प्रयोग हुने गर्दछ । ग्यारेज एपले अटो बजारलाई आवश्यक पर्ने स्विस, क्यासट्रोल, सर्बो लगायतका सबै प्रकारका मोबिल ब्रान्डलाई समेटेको छ । एपले ब्रान्डेड  मोबिल प्रयोगलाई प्रोत्साहित गर्न थाले पछि सवारी चालक सचेत हुन थालेका बताइन्छ । सञ्जाल भित्र रहेका ग्यारेजले सवारीको सर्भिसिङ मिति अद्यावधिक गरिदिनाले अर्को पटकको मिति थाहा पाउन सहज भई ग्यारेजमा उपल्वध  सुपथ मूल्यका ओरिजिनल पार्ट्स प्रयोगले हजांरौ सवारी धनी टेन्सन मुक्त हुन थालेका  छन् ।
  ग्यारेजका मेकानिक्स आफूलाई फाइदा हुने सामान मात्र भिडाउने गर्दछन् । लाखौँ मूल्य पर्ने सवारी साधनमा अटो मेकानिक्सको लापरबाहीले सस्तो मूल्यका चीन तथा अन्य मुलुकबाट आयात गरिएका नक्कली अटो पार्टस प्रयोग गरिएको पाइन्छ ।  ग्यारेज एपको ओरिजिनल पार्ट्स प्रयोग प्रयासले केही हद सम्म वातावरण प्रदूषण नियन्त्रित हुन सघाएको छ । नेपालको सङ्घीय राजधानी काठमाडौँ दक्षिण एसियाको प्रदूषित सहर मध्ये तेस्रो स्थानमा पर्दे आएको छ ।
मर्मत सम्भार व्यवसायमा लाखौँको सम्पत्ति विश्वासको भरमा मेकानिक्सलाई जिम्मा लगाइन्छ । मेकानिक्सको लापरबाहीबाट नक्कली सामानबाट उपभोक्ता आफ्नो पैसाको सदुपयोग हुनबाट समेत वञ्चित हुनु परेको छ । त्यस कारण ग्यारेज एप मार्फत ओरिजिनल पार्ट्स र ब्रान्डेड  मोबिललाई प्राथमिकता दिई सुरक्षित हुन सहयोग पुर्‍याउंदै आएको छ ।

तपाईको प्रतिक्रिया