आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021
सुरेश रेग्मी
उपाध्यक्ष – प्रोफेसनल कम्पयूटर सिस्टम प्रा.लि

   नेपाल पूर्ण रूपमा डिजिटाइजेशनमा रूपान्तरण हुने क्रममा सरकारी तथा निजी क्षेत्रका सेवाहरू क्रमसँगै डिजिटल तर्फ उन्मुख हुँदै गएकोले सफ्टवेयर प्रयोगको सख्ंयामा वृद्धि हुँदै गएको छ । सफ्टवेयर कम्पनीका भौतिक तथा प्राविधिक स्तर उन्नतिका लागि वित्तीय सरल कर्जा आवश्यक भए पनि राष्ट्र बैकबाट सहजीकरण हुन सकेको छैन  । कोभिड महामारी फैलिए पछि अत्यावश्यक सेवाहरूको पेमेन्टमा एप प्रयोग उच्च हुँदै गए पछि  नेपाल सफ्टवेयरमा  आत्मनिर्भर बन्दै गएको छ । यसबाट दुई व्यक्ति बिचको दुरी कायम भई विश्व स्वास्थ्य माप दण्डलाई पछयाउदै नेपाल विश्वमा प्रविधि मैत्री देशको सुचीमा पर्ने निश्चित छ । प्रविधि मैत्री वातावरण सृजना यात्रा सफल हुन उच्च वित्तीय लगानी आवश्यक रहेको तथ्य विज्ञान तथा प्रविधि मन्त्रालयले नबुझेको आभास भएको छ । उद्योग व्यवसायलाई लयमा फर्काउन सरल कर्जा अन्तर्गत राष्ट्र बैकबाट ५० अर्बको कोष तयार गरिएको छ, जसको सुचीमा प्रविधि जन्य उद्योग सफ्टवेयरलाई छुटाइएको छ ।

सफ्टवेयर कम्पनीको वार्षिक कारोबार रकम वा कर चुक्ता प्रमाण पत्रमा उल्लेख गरिएको खुद मुनाफालाई आधार मानी दिइएको सरल कर्जाको प्रयोग जनशक्ति तथा प्रविधि स्तर उन्नतिमा आकर्षित भई राज्यको रोजगार सृजना दक्ष सहज रूपमा प्राप्त हुन साझेदारी हुन सक्छ । अर्को तर्फ प्राविधिक ज्ञान तथा सिप हासिल गरेका युवा बिदेसिनुको सटा त्यही युवाबाट निर्मित सफ्टवेयर निर्यात गर्न सकिने सम्भावना बढ्छ । प्रविधि जन्य कम्पनीका मुख्य लगानी इन्टरनेट तर्फ हुने गरेकोले यस तर्फका कम्पनीले प्रयोग गर्ने नेट सेवाका शुल्क घटाउनु पर्ने जरुरी भएकोले तालुक मन्त्रालयबाट योजना ल्याउनु जरुरी छ । ग्राहक सेवालाई उत्कृष्ट बनाउन क्लाउड मार्फत दिइने सेवाका लागि छुटै पूर्वाधार  तर्फको लगानीले सफ्टवेयर कम्पनीका लगानी झन् आकासिएको छ । सरल कर्जाले यस प्रकारका लगानी  सहित अन्तर्राष्ट्रिय बजारीकरणमा सफ्टवेयर निर्यात र ब्रान्ड निमार्णमा टेवा पुगी राज्यलाई वैदेशिक आम्दानीको स्रोत बन्न सक्ने तर्फ ध्यान दिन आवश्यक छ ।

प्रोफेसनल कम्पयूटर सिस्टम प्रा.लि

फोर्ब्स पत्रिकाले सन २०२० को विश्वका अर्बपतिहरुको सुचीमा शीर्ष स्थानमा प्रख्यात इ–कर्मशका सञ्चालक जेफ बेजोस पर्न सफल भएको सूचनाले समेत सफ्टवेयर तर्फ गरिएको लगानीले नागरिक र राष्ट्रलाई विश्वमा धनाढयहरुको सुचीमा पर्न सक्ने प्रमाणित गरिदिएको छ । सफ्टवेयर खपत गर्ने समूह मध्ये  वित्तीय क्षेत्र प्रमुख रूपमा पर्दे आएका छन् । वित्तीय क्षेत्रको मर्जर र  एक्वीजीशनले  सफ्टवेयरको बजार घटाउँदै लगेको छ । कोर वैकिङ्  सफ्टवेयर सहित कारोबारमा ग्राहकलाई सहज हुने सहायक सेवाहरू उपल्वध गराउनु पर्ने हुँदा  यस तर्फका सिस्टम ह्याक हुनबाट बचाउन उच्च सतर्कताका उपकरण सहित दक्ष जनशक्तिमा लगानी तीव्र हुँदै गएको छ ।
ग्राहक सेवा स्तरीकरणमा सफ्टवेयर उत्पादनकर्ताले  पुँजी प्रयोगलाई उच्च हुन गएकोले कम्तीमा वित्तीय क्षेत्रमा क्रियाशील सफ्टवेयर कम्पनी लक्षित सरल कर्जा उपल्वध गराइए वित्तीय बजारमा अत्यावश्यक पर्ने सहायक सफ्टवेयरका लागि विदेशी परनिर्भर हटाउन सहज हुने थियो । सूचना प्रविधिका कम्पनी लामो समय सम्म बजारमा टिक्न कारोबार आकारमा वृद्धि हुनका लागि ग्राहक माग बमोजिम सफ्टवेयरमा स्तरीकरण नगरिए विदेशीसँग प्रतिशपर्थामा खरो उत्रन नसक्दा कैयन नेपाली सफ्टवेयर बजारबाट बाहिरिन बाध्य हुनु परेका उदाहरण पाइन्छ ।

अर्को तर्फ कोरोना संक्रमणले उत्पादनशील क्षेत्रमा उच्च असर देखिए पनि पछिल्ला दिनमा सफ्टवेयरका बिक्रीका तथ्याङ्क आस लाग्दो देखिएको छ । सफ्टवेयरका बजार विकास यही क्रमले तीव्र भए आउँदो आ.वमा आन्तरिक राजस्व विभागमा नेपाली सफ्टवेयर कम्पनी उच्च करदाता सुचीमा सुचीकृत हुन सक्छ । देशको राजनीतिक परिवर्तनबाट लोकतान्त्रीक गणतन्त्र शासन प्रणालीको संघीयताले ७७ जिल्ला सहित ७५३ स्थानीय निकाय खडा गरेको छ । यस बिकेन्द्रीकरण नीतिले ती स्थानीय सरकारलाई जनताको माग बमोजिम  सरकारी सेवा उपल्वध गराउन प्रविधि प्रयोगमा वृद्धि हुनाले  सफ्टवेयरको माग बढ्ने निश्चित छ । यसबाट कम्तीमा वार्षिक १० प्रतिशत सम्म बजार वृद्धि हुने अनुमान लगाउन सकिन्छ ।

स्थानीय बजारमा सूचना प्रविधिसँग सम्वन्धी  ३५० भन्दा बढीको सख्ंयामा रहेका संस्थागत कम्पनीहरूले सेवा उपल्वध गराइरहेका छन् । सफ्टवेयर बजारमा वार्षिक ३–५ अर्बको कारोबार हुने गरेको तथ्याङ्क विभागको सोध पत्रमा  देखाए पनि विदेशी कम्पनीले नेपाली बजारबाट अत्यधिक मुनाफा बटुल्न सफल हुँदै गएका छन् । झन्  स्थानीय सफ्टवेयर कम्पनीले  विदेशीसँग मूल्य प्रतिशपर्थाी बन्न उपभोक्ता बिक्री मूल्य घटाउँदै लगेको छन् ।

वेब एप्लीकेशन र सिस्टमको माग विभिन्न क्षेत्रमा झिनो गतिले बढ्न थालेको छ । कोरोना प्रभाव न्यून रहेको स्वास्थ्य क्षेत्रमा आवाश्यक  पर्ने सिस्टम नेपाली कम्पनीसँग भए पनि ग्राहक सख्ंयामा सहज वृद्धि हुँदैन । किनकि  यस तर्फका कम्पनीहरू थोरै खर्चबाट उच्च सुविधा लिन उत्सुक रहेको पाइन्छ । जब सम्म प्रविधिजन्य कम्पनीका  लागि सरकारी दीर्घकालीन नीति सहित आम जनतामा नेपाली सफ्टवेयर प्रतिको विश्वास सहित वित्तीय सरल कर्जा लगानी तीव्र हुँदैन तब सम्म प्रविधि र सफ्टवेयरमा पर निर्भरताले  जरा गाडदै जाने्छ ।

तपाईको प्रतिक्रिया