आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021
जापानले चीनलाई उछिन्दै ५–जी प्रविधिमा अमेरिकासँग संयुक्त रूपमा २ बिलियन अमेरिकी डलर लगानी गर्ने लगानी गर्ने परियोजनामा शुक्रवार अमेरिकी राष्ट्रपति जो–बाइडेनसंग हवाइट हाउसमा सहमति भएको जनाइएको छ । बाइडेन राष्ट्रपति निर्वाचित भएपछि जापानका प्रधानमन्त्री यसोहिदो सुगासँग प्रविधि जन्य परियोजनामामा लगानी सम्बन्धी पहिलो पटक वार्ता गरिएको हवाइट हाउसले विज्ञप्ति मार्फत जनाएको छ ।
     ५–जी टावर
अमेरिकी प्रविधि बजारमा चिनियाँ प्रवेशलाई रोक्दै जापानसँग गरिएको यो सम्झौताले  विश्व तरंग फैलिएको यस विषयका जानकारहरू बताउँछन् । प्रविधि विस्तार लगानीका  बारेमा बाइडेनले आउँदो मे महिनामा  दक्षिण कोरियाका राष्ट्रपति मुन–जे सँग भेट्ने योजना रहेकोले चीनलाई एकल्याउने अमेरिकी  रणनीति सफल हुनेमा विश्वास लिइएको छ
सन २०१९ को मे महिनामा चिनियाँ ५–जी प्रविधि सुरुवात भएको थियो । हुवावे टेलिकम मार्फत प्रवेश गराइएको ५–जी बाट विश्व प्रविधि बजारमा एकाधिकार जमाउने उसले लक्ष्य लिएको थियो । तर चीनले प्रविधि प्रयोगको नाममा चलाखी पूर्ण तरिकाले प्रयोगकर्ताको तथा त्यस राष्ट्रको वाणिज्यका सूचना चोर्ने मनसाय रहेको आरोप लागेपछि  चिनियाँ  ५–जी प्रविधि प्रयोगमा युरोपका वहुसख्ंयक राष्ट्रमा बन्देज लाग्दै आएको छ । यही कारणले अमेरिकी ब्रान्ड एप्पलले चीनको ५–जी प्रयोगलाई इन्कार गरेको थियो । तर चीनले उल्टै उसको आर्थिक प्रगति माथि अमेरिकाले प्रतिशोधको भावले नाका बन्दी गरेको अमेरिका माथि आरोप लगाउँदै आएको छ ।
अमेरिकाको क्यालिफोर्निया स्थित क्वालाकम नामक कम्पनीले सन २०१९ को अप्रिलमा ५–जी प्रविधिको परीक्षण सुरुवात गरेका थिए । चीनले यही दूरसञ्चार प्रविधिमा हुवावे मार्फत १७० बिलियन अमेरिकी डलर लगानी गरी विश्व भर ६ लाख २० हजार ५–जी टावर खडा गरी प्रविधि बजारमा उत्कृष्ट हुने दौडमा छ ।

तपाईको प्रतिक्रिया