आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021

भन्सार एजेन्ट प्रतिनिधिका पेसागत संरक्षण माग राखी एजेन्ट व्यवसायीहरूको चरण बद्ध आन्दोलन सुरु गरिएको प्रेस विज्ञप्ति मार्फत जनाएको छ । दुई दशक देखि कार्यरत भन्सार एजेन्टका प्रतिनिधिहरूलाई सरकारले एजेन्ट सरह मान्यता दिई इजाजत पत्र दिइनु पर्दछ ।

भरत राज घिमिरे अधक्ष्य – भन्सार एजेन्ट महासंघ नेपाल

तर सरकारको यस कदमबाट उनीहरूको भविष्य अन्योलमा परिदिएको छ ।  नयाँ एजेन्ट नियुक्तिमा कार्यरत एजेन्टका प्रतिनिधिलाई प्राथमिकता दिइनु पर्ने माग राखी अर्थ मन्त्रालय अन्तर्गतका भन्सार विभाग लगायतका निकायहरूसँग पटक–पटक गरिएका छलफलमा आश्वासन दिइएको थियो । तर त्यसको ठिक विपरीत भन्सार विभागले १६–१२–२०७७ मा ६६० नयाँ एजेन्टका लागि विज्ञापन गरिएको थियो ।
वार्ताबाट निकास आउने आसमा रहेका एजेन्ट प्रतिनिधिलाई सरकारबाट पेसागत संरक्षण नभए पछि बाध्य भई चरण बद्ध आन्दोलनमा उत्रिनुको विकल्प नरहेको जनाएको छ । सरकारको यस गैर जिम्मेवार कदमबाट निजी क्षेत्र निराश मात्र होइन रुष्ट समेत हुनु परेको छ । भन्सार प्रशासनलाई प्रविधि मैत्री बनाउँदै हस्त लिखित प्रज्ञापन पत्रबाट आसिकुडा वल्ड सफ्टवेयरमा प्रयोगमा रूपान्तरण गरिएपछि एजेन्टहरूबाट सोही अनुरूप कार्यक्षमता प्रस्तुत गर्न सफल हुँदै भूकम्प तथा कोरोना महामारी अवधिमा समेत ज्यानको बाजी थापेर एजेन्ट व्यवसायीहरूबाट वाणिज्यमा सहजीकरण गरी सरकारको प्रत्येक कदममा साथ दिइएको स्मरण गराइएको छ ।
बि.स २०५४ साल देखि हाल सम्म एजेन्ट इजाजत प्राप्त लिनेको सख्ंया ५८६ पुगेका छन् । जस मध्ये केही पेसाबाट बाहिरिएका छन् तथा केहीको प्राकृतिक मृत्यु भैसकेको छ । सरकारको प्रत्यक्ष कर असुली प्रणालीमा सहभागी भई एजेन्ट व्यवसायीबाट करिब ५२ प्रतिशत भन्सार कर असुलीमा राज्यलाई सहकार्य गरिएको छ । एजेन्ट व्यवसायमा प्राविधिक सिप भएका व्यक्तिहरूको आवश्यकता पर्दछ । एजेन्टका प्रतिनिधिहरू वर्षे देखि यही क्षेत्रमा एजेन्ट व्यवसायीको हैसियतले संलग्न भएकाले राज्यको कर चुहावट नियणत्रणमा प्रतिनिधि सहायक हुने गर्दछन् । त्यस कारण नयाँ एजेन्ट नियुक्तमा महासंघले घोर आपत्ति जनाएको हो ।
एजेन्टलाई कम्पनीको स्वरूपमा रूपान्तरण गरिए यो पेसा थप मर्यादित तथा व्यवस्थित बनाई भन्सार ऐन तथा नियमावलीमा रहेका विभेदकारी ऐनको संशोधनमा समेत सरकारी अलमल देखिएको छ । भन्सार विभागको बदनियत पूर्ण विभेदकारी कदमबाट एजेन्ट पेसामा धक्का पुगेकोले घोर भर्त्सना गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारको यस कदमलाई तत्काल सच्याउन ध्यानाकर्षण गराउँदै महासंघका उपाध्यक्ष काशीराज उपाध्यको संयोजकत्वमा सर्घष समिति गढ्न गरी चरण बद्ध आन्दोलन सुरु  गरिएको जनाइएको छ । यस आन्दोलनबाट हुने भन्सार असुलीको नोक्सानीमा सरकार आफै जिम्मेवार रहनेछ ।

भन्सार एजेन्ट व्यवसायीका आन्दोलनको सूचना विभागलाई छैन ।

यम लाल भुसाल नवनियुक्त महानिर्देशक भन्सार विभाग

भन्सार एजेन्ट व्यवसायीका चरण बद्ध आन्दोलनका विषयमा विभागलाई प्रस्ट जानकारी गराइएको छैन । दैनिक भन्सार जाँच पासमा हुने अवरोध सरकारी नियमको उल्लंघन भित्र पर्ने भएकोले यसको उचित व्यवस्थापन भन्सार प्रशासनबाट गरिने छ । तर तत्काल एजेन्ट व्यवसायीहरूबाट आसिकुडा सफ्टवेयरमा दैनिक जाँच पासका डकुमेन्ट अपडेट क्रियाकलाप बन्द नहुन सक्छ ।
भन्सार विभागको कार्यविधि अन्तर्गत नयाँ एजेन्ट नियुक्तिका सूचना सार्वजनिक गरिसकिएको छ । एजेन्ट छनौटको लिखित परीक्षा ज्येष्ठ– २२–२०७८ को मिति तय गरिएको छ । उक्त एजेन्ट इजाजत पत्रमा सहभागी परीक्षार्थीका शैक्षिक योग्यता स्नातकतह उर्तिण भई कम्प्युटर सफ्टवेयर सम्बन्धी जानकारी भएका व्यक्ति सहभागी हुन पाउने छन् ।

तपाईको प्रतिक्रिया