आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021
विश्व प्रसिद्ध फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको एसियाका प्रभावशाली ३० युवाको सूचीमा नेपालका दुई जना परेका छन् यी सबै युवाहरू ३० वर्षमुनिका हुन् ।
गौरिका सिंह
हालै सार्वजनिक गरिएको सूचीमा ‘इन्भेस्टमेन्ट एन्ड सपोर्ट विधाबाट गौरिका सिंह प्रभावशाली युवाको सूचीमा परेकी छन् । उनी ९ वर्षदेखि पौडी खेल्दै  १२ वर्षको उमेरबाट नेपालको तर्फबाट प्रतिस्पर्धा गर्दै आएकी छिन् । नेपालको महिला पौडी खेलाडीको नामले परिचित , उनले सन् २०१६ मा भएको रियो ओलम्पिकमा गौरिका सबैभन्दा कान्छी खेलाडीको रूपमा सहभागी भएकी थिइन् । सन् २०१९ को दक्षिण एसियाली खेलकुदमा गौरिकाले चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक जितेकी थिइन् । त्यस्तै १३औँ दक्षिण एसियाली खेलकुदमा ९ वटा पदक जितिन् । एउटै दक्षिण एसियाली खेलकुद संस्करणमा सर्वाधिक (४वटा) स्वर्ण जित्ने कीर्तिमान उनकै नाममा छ । खेलकुदका साथै गौरिका सामाजिक कार्यमा पनि संलग्न छिन् । उनी अहिले माइती नेपाल र शान्ति एजुकेसन इनिसिएटिभ्सकी सद्भावना दूत पनि हुन् ।
 फाइनान्स एन्ड भेन्चर क्यापिटल’ विधामा प्रकाश कोइराला पनि यो सूचीमा परेको फोर्ब्सले जनाएको छ  । प्रकाश कोइराला फिनलिट नेपालका संस्थापक हुन् । उनले सन् २००९ यता वित्तीय साक्षरता कार्यक्रम चलाइरहेका छन् । उनले सन् २०१९ मा गरिबी नियन्त्रणको लागि फिनलिट नेपाल स्थापना गरेर निम्न आय भएका मानिसहरूमा आधारभूत वित्तीय शिक्षा प्रदान गर्दै आएका छन् ।
प्रकाश कोइराला
वित्तीय साक्षरता अभियानलाई फराकिलो बनाउँदै भुक्तानी सेवा प्रदायक कम्पनी ई सेवा सहित नबिल बैङ्कसँगको सहकार्यमा लमजुङको बेँशीसहरका १० स्कुलमा ७ देखि १० कक्षासम्मका विद्यार्थी लक्षित ‘स्कुल बैंक’ नामक कार्यक्रम सञ्चालन गरिएको छ । ‘स्कुल बैंक’को पाठ्यक्रमको अवधि सात महिनाको रहेको छ।

तपाईको प्रतिक्रिया