आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021
नेपाल चेम्बर अफÞ कमर्सका नव निर्वाचित अध्यक्ष राजेन्द्र मल्लले नेपाल औषधि व्यवसायी संघ केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहेर श्रेष्ठलाई एक समारोहका बिच सामाजिक तथा स्वास्थ्य समितिको सभापति मनोनीत गरिएको संघले जनाएको छ ।
क्रमशः बायांबाट चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लबाट मनोनयन पत्र  लिँदै नेपाल औषधि व्यवसायी संघ केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहेर श्रेष्ठ
उक्त अवसरमा मनोनीत  भएका मृगेन्द्र मेहेरले नेपाल औषधि व्यवसायी संघ तथा व्यक्तिगत तर्फबाट चेम्बर अध्यक्ष लगायत सम्पूर्ण सम्पूर्ण टिम लाई धन्यवाद दिइएको जनाइएको छ । सो अवसरमा औषधि व्यवसायी संघ देश र जनताका प्रत्येक कढिन अवस्थामा साथ दिन तैयार रहेको उनले प्रतिबद्धता
दोहोर्‍याएका छन् । देशमा कोभिड संक्रमण तीव्र हुँदै गएकोमा चिन्ता व्यक्त गर्दे औषधि व्यवसायी तीनका प्रतिनिधि लगायत सबैमा कोरोना भ्याक्सिन यथा शीघ्र उपलब्ध गराउन सरकार समक्ष माग राखेका छन् ।

तपाईको प्रतिक्रिया