आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021
देशको अग्रणी रेमिटेन्स कम्पनी सम्सारा रेमिटेन्सले नेपाल भित्रिने रेमिटेन्स सञ्जालमा अष्ट्रेलिया,क्यानडा र जोर्डनबाट रेमिटेन्स भित्रिने समझदारी पत्रमा हस्ताक्षर गरिएको जनाएको छ ।
रेमिटेन्स आप्रवाहमा सम्झौता भएका कम्पनीहरू
अष्ट्रेलियाको अनलाइन डिजिटल मनी ट्रान्सफर टाइरेक्स (Tayrex) बिच हालै सम्झौता भएको कम्पनीले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।  अष्ट्रेलियामा बस्ने हजारौँ नेपालीले बिना झन्झट दुखले कमाएको पैसा नेपालका आफन्तको हात पार्न टाइरेक्स मनी ट्रान्सफरको सेवा प्रयोग गरी सम्सारा मार्फत तत्काल वित्तीय च्यानलबाट नेपाल पैसा पढाउन सक्नेछन् ।
क्यानडाको जिप क्वाईन (zip coin) सहित जोर्डनको अलहवानी एक्सचेन्ज र सम्सारा बिच पनि रेमिटेन्स आप्रवाह सम्बन्धी सम्झौता गरिएको कम्पनीका प्रमुख बजार प्रबन्धक सुरज क्षेत्रीले जानकारी दिएका छन् । सन २००६ देखि रेमिटेन्स सेवा सुरु गरेको सम्साराको देशभर सात हजार २०० आधिकारिक वितरक मार्फत रेमिटेन्स सेवा उपल्वध गराउन सफल हुँदै आएको छ । कम्पनीले डिजिटल मनी ट्रान्सफरलाई प्राथमिकता दिँदै आएकोले हालको कोभिड संक्रमणबाट बच्न डिजिटल मनी ट्रान्सफर सेवा प्रभावकारी रूपमा उपयोग गरी सुरक्षित रहन सबैमा अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया