आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021

सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी रूपमा फैलिरहेको कोभिड – १९ महामारी विरुद्ध आफ्ना अभिकर्ताहरुको बिमा गराएको थियो । नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै असहज परिस्थितिमा पनि आफ्नो सेवा प्रदान गर्दै आएकोमा उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका सहित हौसला प्रदान गर्ने अभिकर्ता बिमालाई  सिटी एक्सप्रेसले प्राथमिकतामा राख्दै खाएको छ ।
जस अनुरूप मापदण्ड पुगेका ८ जना कोरोना पीडित अभिकर्ताहरुलाई,कोरोना बिमाको  दाबी भुक्तानी रकम जनही रु ५०,००० सिटी एक्सप्रेसले हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । जस अनुसार साई बाबा रेमिट , चाबहिलका हरि कुमार श्रेष्ठ , अन्लाईन सब् रेमिट , काठमाडौँका दीपेन्द्र ढकाल , आनन्द मनी ट्रान्सफर , झापाका आनन्द थापा, डेस्टिनेसन डेलिभरी सर्भिस , कास्कीका लीला भट्टराई , मध्य बिन्दु ट्रेड सेन्टर , नवलपुरका गोपाल सिर्पाली , कलश मनी ट्रान्स्फर , सुनसरीका कुल बहादुर भारती, जिमिरेभर मनी नेटवर्क , परासीका शेर बहादुर गुरुङ त्यसतै  हीरा इन्टरप्राइजेज , नवलपुरका कृष्ण गिरी समेत ८ जानालाई बिमा दाबीको चेक हस्तान्तरण गरिएको छ ।
सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्ष देखि संसार भरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया