आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021
एसियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने बैंकले  प्रक्षेपण गरेको छ । बैंकले जारी गरेको ‘एसियाली विकास सोध कार्य’अनुसार कोभिड–१९ को सङ्क्रमण घटेसँगै अर्थतन्त्रमा केही सुधार देखिएको थियो ।
       विगत ७ आ व को नेपालको आर्थिक वृद्धिदर
  त्यसपछि लगातार सक्रंमण दर वृद्धिले पुनः प्रभावित तुल्याउने जोखिम बढेको प्रक्षेपण गरिएको  बैंकले गरेको छ । यसबाट लक्षित आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुनेछ । धानको उत्पादन वृद्धि हुने अपेक्षा गरिएकाले कृषि उत्पादकत्व २.४ प्रतिशतले बढ्ने तथा औद्योगिक क्षेत्रको वृद्धि २.५ प्रतिशत र सेवा क्षेत्रको बढोत्तरी ३.४ प्रतिशतले हुने अनुमान बैंकको छ ।
  मेलम्ची खानेपानी आयोजना पूरा भई काठमाडौँ उपत्यकामा जल प्रवाह भएको र माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले पहिलो चरणको उत्पादन प्रारम्भ गर्ने अनुमानका साथ निर्माण क्षेत्रले पनि अर्थतन्त्रमा भरथेग गर्ने विश्वास परिदृश्यमा व्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया