आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021
UAE को ख्यातिप्राप्त Federal Exchange  र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटेन्स कारोबार सुरु भएको कम्पनीले जनाएको छ । UAE मा रहेका नेपालीहरूले Federal Exchange को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै नेपालका आफन्तलाई पैसा पठाउन सक्नेछन् । नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२,००० भन्दा बढी एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिने जनाइएको छ । सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र  Federal Exchange  का तर्फबाट महाप्रबन्धक Rajah R R Liyanage ले हस्ताक्षर गरेका छन् ।
सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । विदेशमा दुख गरी कमाएको पैसा नेपालको  जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न सकिने छ ।  आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया