आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुखले कोरोना विरुद्धको खोपमा धनी देशले कब्जा जमाएको टिप्पणी गरेका छन् । विश्वमा धनी देशसँग ८२ प्रतिशत खोप रहेको तर गरिब देशको पहुँचमा ०.३ प्रतिशत मात्र रहेको डब्ल्यूएचओ भनाइ छ । धनी र गरिब बिचको विभेद हटाउन प्रयासमा लागेका तिनै धनी देश आज गरिबी हैन गरिबलाई मेटाउन तैयारी गरिसकेका छन् ।

प्रमुख डब्ल्यूएचओ टेड्रोस अधानोम ग्रेब्रेयसस

एक कार्यक्रममा डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम ग्रेब्रेयससले सो अभिव्यक्ति दिएका हुन् । उनका अनुसार विश्वभर अझै पनि एक अरबभन्दा बढी कोरोना विरुद्धका डोज रहेको खुलासा गरेका छन् ।  महामारीमा कोरोना विरुद्धको खोप सबैको पहुँचमा पुर्‍याउने सबैभन्दा ठुलो चुनौती छ । किनभने यो राजनीतिक, आर्थिक र सामाजिक स्थिरताको कडी हो । कोरोना महामारीलाई नियन्त्रणमा लिन अहिले एक मात्र उपाय धेरैभन्दा धेरै व्यक्तिलाई खोप दिनु उद्देश्य रहेको डब्ल्यूएचओ प्रमुखको भनाइ छ ।
कोभ्याक्सः कोभिड खोप गरिब देशलाई पनि उपलब्ध गराउन यस्तो छ योजना द्रुत गतिमा विकास गरिएको कोभिड–१९ विरुद्धको खोप वैज्ञानिक प्रगतिको क्षेत्रमा विशिष्ट उपलब्धि थियो । तर धनी देशहरूले खोपमा नियन्त्रण गर्ने र विपन्न देशहरू पछि पर्ने चिन्ता व्यक्त गरिएको छ ।
कोभ्याक्स नाम गरेको एउटा महत्त्वाकाङ्क्षी अन्तर्राष्ट्रिय अभियानले खोपहरू धनी वा गरिब सबैलाई समान ढङ्गले वितरण गर्ने लक्ष्य लिएको छ । अप्रिल २०२० मा घोषणा भएको कोभ्याक्स विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र खोप बारे पैरवी गर्ने दुई वटा समूहले नेतृत्व गरिरहेको विश्वव्यापी अभियान हो । यसले खोपको विकास, विक्री र १८० भन्दा बढी देशमा पहुँच पु¥याउने लक्ष्य लिएको छ । अहिलेको असमानतालाई चित्रण गर्दै डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले तीन करोड ९० लाख मात्रा भन्दा बढी खोप उच्च आय भएका कम्तीमा ४९ देशमा दिइसकिएको बताए ।
उनले कम आय भएको एउटा देशमा २५ वटा मात्रै खोप दिइएको जनाएका थिए । यो अभियान अन्तर्गत फेब्रुअरी महिनाबाट खोप वितरण गर्न थालिने अपेक्षा गरिएको छ । त्यसरी बाँडिने अधिकांश खोपको भाग गरिब र मध्यम आय भएका देशमा पुग्नेछ । कोभ्याक्सले सन् २०२१ को अन्त्यसम्ममा संसारभरि दुई अर्ब मात्रा खोप वितरण गरिसक्ने अपेक्षा राखेका छ ।
त्यसमध्ये एक अर्ब ३० करोड मात्रा खोप अभियानमा संलग्न रहेका ९२ गरिब देशका लगभग २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने गरी उपलब्ध गराइनेछ । तर कोभ्याक्सले काम द्रुत गतिमा काम गर्न नसकेको भनेर आलोचना पनि भएको छ । डब्ल्यूएचओका एक बोर्ड सदस्य अस्ट्रियाका डा. क्लीमीन्स मार्टिन आवरले खोप सुनिश्चित हुने गरी सम्झौता गर्न र देशहरूसम्म खोपको पहुँच पु¥याउन कोभ्याक्सले ढिला गरिरहेको बताए।
यदि कोभ्याक्सको लक्ष्य पूरा भयो भने पनि महामारी नियन्त्रणको लागि आवश्यक पर्ने प्रतिरोध क्षमता हासिल गर्न पर्याप्त नहुने विज्ञहरू बताउँछन् । डब्ल्यूएचओले विश्वको जनसङ्ख्याको ७० प्रतिशतले खोप लगाइसकेपछि मात्रै कोभिड–१९ रोक्ने किसिमको प्रतिरोध क्षमता बन्न सक्ने जनाएको छ । प्रत्येक वर्ष दुई अर्ब मात्रा खोपको हिसाब गर्दा विश्वको अनुमानित ७.८ अर्ब जनसङ्ख्यालाई खोप लगाउन वर्षौँ लाग्न सक्छ । तर दुई अर्ब खोपको मात्राले स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक र जोखिममा रहेका अरू समुदायलाई केही सुरक्षा दिन सक्छ । खोप
यस खोप अभियानमा संयुक्त अधिराज्यले ७३.४ करोड अमेरिकी डलर उपलब्ध गराउने वाचा गरेको छ। रुस र संयुक्त राज्य अमेरिकाले कुनै योगदान दिएका छैनन् । यद्यपि अमेरिका नयाँ राष्ट्रपति जो बाइडेनको सरकारले उक्त अभियानमा आफू आबद्ध हुने उल्लेख गरेको छ ।

कोरोना विरुद्धको खोप

तर अमेरिका र अरू धनी देशलाई कोभ्याक्समा आबद्ध भए पनि आफ्ना लागि खोप थुपारेको आरोप लागेको छ । ड्यूक विश्वविद्यालयको ग्लोबल हेल्थ इन्स्टिट्यूटले गरेको अध्ययनले मध्य ज्यानुअरी सम्म गरेको अध्ययनले विश्वको जनसङ्ख्याको १६ प्रतिशत ओगट्ने धनी देशहरूको सानो समूहले विश्वव्यापी खोपको ६० प्रतिशत खरिद गरेको पाएको थियो । बाँकी विश्व त्यसमा पनि विशेषतः कमजोर आय भएका देशहरूका लागि कोरोना भाइरसबाट उम्किने एउटै बाटो कोभ्याक्स हुन सक्छ । अहिलेसम्म कोभ्याक्सले २.४ अर्ब डलर जुटाएको छ र उसले सन् २०२१ को खोपको आफ्नो लक्ष्य पूरा गर्न कम्तीमा थप ४.६ अर्ब डलर अपर्याप्त हुने बताएको छ ।

तपाईको प्रतिक्रिया