आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021
बितेका केही हप्तामा भारतमा कोभिडको दोस्रो लहर सुरु भए सँगै अक्सीजन उप्लब्ध नभएर बिरामीको मृत्यु भएको फोटो तथा भिडियो भारतीय मिडियाले प्राथमिक्ताका साथ प्रसारण गरेको थियो । कोरोना संक्रमित सिकिस्त बिरामीले सहज रुपमा अक्सिजन उपल्वध गराउन आफना सबै प्लान्ट बन्द गरिएको जनाइएको छ ।
          मारुती–सुजुकीको उत्पादन प्लान्ट
मारुतीले कार उत्पादनको क्रममा कम मात्रामा अक्सिजन प्रयोगमा ल्याउने गर्दछ । तर उसका लागि पार्टस उत्पादकहरूले उच्च मात्रामा अक्सिजन खपत गर्दे आएको छ । हाल व्यक्तिको ज्यान भन्दा  उत्पादन ठुलो नभएको जनाउँदै कम्पनीले आफ्नो मातहतका सबै उत्पादकका अक्सिजन  बिरामीलाई उप्लब्ध गराउन यो नीति लिइएको जनाइएको छ ।
    मारुती–सुजुकीका कम्पनीका अध्यक्ष आर.सी भार्गवका अनुसार कम्पनीले प्रत्यक्ष रूपमा तरल अक्सिजन प्रयोग गर्देन् । तर कार उत्पादन बन्द गरिए पछि पार्टस लगायतका सप्लार्यसले खपत गर्ने अक्सिजन बिरामीमा प्रयोग हुँदा आफू तथा मारुती–सुजुकी परिवारलाई अत्यन्त खुसी लागेको व्यक्त गरेका छन् ।       भारतमा मारुती–सुजुकी सहित टाटा समूह, रिलायन्स लगायतका उच्च अक्सिजन खपत गर्ने उद्योगहरुले उत्पादन बन्द गरी उद्योग स्तरको अक्सिजन हस्पिटल प्रयोगको लागि पढाइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया