आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021

सन २०२१ मे महिनाको पहिलो तारिख यानि अन्तर्राष्ट्रिय विश्व मजदुर दिवस कोभिड संक्रमणका कारण मनाइएन । चुनावको बेला विशेष भोट बैक बन्ने गरेका छन् मजदुर । तर १ मे का दिन तीनै नेताका भाषण वा मजदुर लक्षित आर्थिक, सामाजिक पक्षलाई दिगो बनाउने सरकारी प्याकेज सम्म आएन । यस्तो लाग्यो राज्यले मजदुरलाई बिर्सिसकेको छ । जबकि मजदुरको पसीना बगेपछि मात्र उद्योग चल्छ, उत्पादन भएका सामाग्रीको बिक्रीबाट राज्यले कर संकल्न गर्दछ । मजदुरका पक्षधर कम्युनिस्ट पार्टीले वक्तव्य सम्म प्रकाशनमा ल्याउने फुर्सद भएन , वाह रे मजदुरका नेताजी अनि राजनीति ।

 

महिला कामदार

सन १८८९ मा र्माकस्सिट इंटरनेशनल सोसियलिष्ट काँग्रेस नामक पार्टीले फ्रान्समा मजदुरलाई ८ घण्टा काम ८ घण्टा आराम नारा दिई मे १ तारिखका दिन भव्य प्रदर्शन गरेको थियो । त्यही दिन देखि अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउन सुरु गरिएको पाइन्छ । त्यस प्रदर्शन अघि तीव्र औद्योगीकरणमा लागेको अमेरिकी उद्योगमा मजदुरलाई १२ घण्टा सम्म काममा लगाएको अन्तर्राष्ट्रिय मजदुर संगढनले जनाएको छ । अझ सिकागो लगायतका राज्यमा १५ घण्टा सम्म काममा लगाइने प्रचलनलाई १ मे को अन्तर्राष्ट्रिय मजदुर दिवसले अन्त्य गरिदिएको थियो ।
नेपालमा वार्षिक १६ लाख मजदुर बजारमा आउने गरेको विभिन्न शोध पत्रमा उल्लेख गरिएको छ । उमेर पुगेका मजदुर उपलब्धताको आधारमा नेपाल विश्वको ३७ औँ  ठुलो राष्ट्रको स्थानमा पर्दछ । जसले गार्हस्थ्य उत्पादनमा २८ प्रतिशत साझेदार गर्दछ । उपल्वध मजदुर सख्ंया मध्ये ६० प्रतिशत वैदेशिक रोजगारमा आबद्ध हुने गर्दछन् । उद्योग स्तरमा कार्यरत १५.४४ प्रतिशत मजदुरले जिडिपीमा १३.२९ प्रतिशत योगदान गर्दे आएका छन् । सेवा क्षेत्रमा १९.८६ प्रतिशत मजदुरले रोजगारी पाएको तथ्याङ्क विभागले जनाएको छ । नेपालको कुल जनसख्ंया मध्ये १५–५९ वर्ष उमेर समूहका कामदारको उच्च वृद्धि हुँदै गएको छ ।

                    बाल मजदुर

उपलवध मजदुर मध्ये अर्धदक्ष  कामदारको बाक्लो उपस्थिति रहेको पाइन्छ । यही समूहका दुई तिहाइ जनशक्ति वैदेशिक रोजगारीमा आबद्ध हुँदै आएका छन् । जसले पढाएको  रेमिटेन्सबाट राज्य चलेको छ ।  हाल कोभिड संक्रमणका कारण वैदेशिक रोजगारमा गएकाहरू स्वदेश फर्कनेको सखंया उच्च हुँदै गएको छ । कृषि लगायतका घरेलु मजदुरीमा कार्यरत छन् । न्यून सख्ंयामा महिला सेवा क्षेत्रमा आबद्ध भए पनि पुरुषले पाउने तलब सुविधाको तुलनामा असमान रहेको पाइएको छ । उपल्वध मजदुर मध्ये हाल ५ लाख ६० हजार महिला मजदुर स्वदेश तथा विदेशी रोजगारीमा आबद्ध हुने मौका पाएका छन् । नेपालको तराइ क्षेत्रमा हाल सम्म बँधुवा मजदुर भेटिने गरेको अन्तर्राष्ट्रिय मजदुर संगढनले जनाएको छ । तर राजनीतिक पार्टिका मजदुर संगढन र उद्योगीहरूको समन्वयले मजदुर मैत्री वातावरण बन्न सफल हुँदै गएको छ । तर अफसोस कोभिड महामारीका कारण लकडाउनले मजदुरका आम्दानी लक गरिदिएको छ ।

तपाईको प्रतिक्रिया