आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021
सिटी एक्सप्रेस मनि ट्रान्सफर अस्ट्रेलियाले  नेपालमा पुनः देखिएको कोभिड — १९ का कारण अस्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकम पठाउँदा कुनै शुल्क नलाग्ने जनाएको छ । त्यसरी पठाइएको रकम  ३० मिनेट भित्र तुरुन्तै पु¥याउने योजना ल्याएको कम्पनीले दाबी गरेको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहक वर्गले रकम पठाउँदा नेपाल भरी रहेका जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न सकिन्छ ।
रकम पठाउनका लागि सिटी एक्सप्रेस मनि ट्रान्सफर अस्ट्रेलियाको एप डाउनलोड गरी अथवा सिटी एक्सप्रेस मनि ट्रान्सफर अस्ट्रेलियाको  वेब साइट www.cityexpressmoneytransfer.com.au)  बाट पठाउन सकिन्छ।

कोभिड — १९ महामारीका कारण यस बिषम् परिस्थितिमा सिटी एक्सप्रेस मनि ट्रान्सफरका गा्रहकहरुलाई केही अत्यावश्यक सुविधा दिने सोच सहित यो योजना ल्याएको सिटी एक्सप्रेस मनि ट्रान्सफर अस्ट्रेलियाका डाइरेक्टर समिप कटुवालले बताएका छन्  । हाल अस्ट्रेलियामा सिटी एक्सप्रेस मनि ट्रान्सफर तीव्र गतिमा बजार विकास गर्ने सफल हुँदै गएको नेपाली  रेमिटेन्स ब्रान्ड बन्न सफल हुँदै गएको छ ।  सिटी एक्सप्रेसले नेपालभर छरिएर रहेका आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया