आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021
नेपालीमा एउटा पुरानो उखान याद आयो जब भयो राती अनि बुढी ताती, ठिक यही स्तरको नेपालको स्वास्थ्य प्रणाली रहेको महसुस हुन गएको छ । किनकि कोरोना संक्रमण केही साम्य भएको बेलामा स्वास्थ्य व्यवस्था सुदि«ड बनाउने तर्फ नेताको ध्यान पुगेन । त्यस बैला समयमा सरकारमा  प्रतिनिधित्व गर्ने राजनीतिक कर्मी कुर्सी ताना तानको खेलमा व्यस्त रहेका थिए । जब कोराना सक्रंमनमा ह्वात्तै वृद्धि भए पछि बल्ल सरकारले चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याउन उच्च स्तरीय प्रयास गरिएको छ ।
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने जनाइएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती सिलिन्डर आउने जानकारी दिए । उनले मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा समस्या परेको बताए । ‘हामीसँग अक्सिजन ग्यासको कमी छैन । तर सिलिन्डर नहुँदा बिरामीका लागि अक्सिजन पु¥याउन कठिन भएको हो ।’
मन्त्रालयले प्राण वायु (अक्सिजन)को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले अस्पताल र सर्वसाधारणलाई खाली सिलिन्डर मौज्दात (होल्ड) नराख्न समेत अनुरोध गरेको छ । नेपालमा अहिले देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएका छन् । ती अस्पतालबाट दैनिक दुई हजार ५४९ सिलिन्डर भर्न सक्ने क्षमता रहेको मन्त्रालयले जनाएको छ ।
   केही अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क समेत जडान गरिएको छ । अस्पतालसँग छ हजारभन्दा बढी र अक्सिजन बिक्रेताले दैनिक आठ हजार सिलिन्डर भर्न सक्ने क्षमता रहेको छ । यो सहित बुटवलमा अक्सिजन बैंक स्थापना हुने भएको छ । बुटवल उपमहानगरपालिकाले अक्सिजन बैंक स्थापना गरेको छ । उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका संक्रमितलाई लक्षित गरेर अक्सिजन बैंक सुरु गरिएको हो । बैंकबाट उपमहानगरले बनाएको आइसोलेसन सेन्टर, होटेल आइसोलेसन तथा होम आइसोलेसनमा बसेका संक्रमितलाई श्वासप्रश्वासमा समस्या भएमा अक्सिजन लगेर दिइने छ ।
    उपमहानगर कार्यालय परिसरमा स्थापना भएको अक्सिजन बैंकमा अक्सिजन सिलिन्डर, सिलिन्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको र आइसोलेसनबाट सूचना आउँदा साथ परिचालन हुने गरी व्यवस्था मिलाइएको नगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । पहिलो चरणमा एक सय थान सिलिन्डर, अक्सिजन बोक्ने गाडी, एम्बुलेन्स र स्वास्थ्यकर्मी बोक्ने गाडी तयारी अवस्थामा राखिएको रेग्मीले बताए ।

तपाईको प्रतिक्रिया