आइतबार, आषाढ ०६, २०७८  |  Sunday, June 20, 2021
ओम फार्मास्युटिकल्सले प्रोस्टेट उपचारका लागि प्रोस्टीफ– ५ मिली.ग्रामको टयाबलेट बजारमा उपल्वध गराएको छ । पुरुषको मूत्र थैलीको ठिक मुनी प्रोस्टेट ग्रन्थि रहेको हुन्छ । पिसाब सहज तरिकाले बाहिरिने सहित प्राकृतिक रूपमा शुक्राणु बग्न एक प्रकारको इन्जाइम उत्पादन हुन सहयोग पुर्‍याउने  गर्दछ । पुरुषहरूको वडदो उमेरका कारण हर्मोन उत्पादन सन्तुलित नभई  प्रोस्टेट ग्रन्थिको अकारमा परिवर्तन आउने गरेको चिकित्सा शास्त्र अध्ययनले बताए पनि प्रोस्टेट ग्रन्थिको आकारमा परिवर्तन आउनुको कारण औषधि विज्ञानले हाल सम्म पत्ता लगाउन सकेको छैन ।
                            प्रोस्टेट ग्रन्थि
 पिसाब फेर्न असहज महसुस भई राती पटक पटक अचानक पिसाब लाग्ने प्रोस्टेट समस्याका सुरुवातका लक्षण हुन् । प्रोस्टीफ औषधिको प्रयोगले प्रोस्टेटमा इन्जाइम उत्पादन हुने अवरोधलाई सक्रिय बनाउँदै  ग्रन्थिलाई प्राकृतिक आकारमा ल्याउने  गर्दछ । यस तर्फका बिरामीको उपचारमा प्रोस्टेटको मुखको मासपेसीलाई लचकदार बनाई पिसाब फेर्न सहज हुन सहयोग पुगी प्रोस्टेटको अकारमा थप वृद्धि हुनबाट समेत रोक्ने गर्दछ । पिसाब बाहिरिने गतिमा सुधार भई बिरामीलाई शल्यक्रिया हुनबाट बचाउन सकिने कम्पनीले दाबी गरेको छ ।
डाक्टरी सल्लाह अनुसार खाना पछि दैनिक एक टयाबलेट ६ महिना सम्म निरन्तर सेवन गर्नाले प्रोस्टेटका समस्या भएका बिरामीलाई फाइदा पुग्ने गर्दछ । डोज पुरा नभए सम्म औषधि सेवन बन्द गर्नाले समस्या फेरी देखिन सक्ने भएकोले डाक्टरको सम्पर्कमा निरन्तर रहनु पर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया