आइतबार, आषाढ ०६, २०७८  |  Sunday, June 20, 2021
आज बुधवार १६ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको पाइएको छ ।  नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने अधिकांश समूहको सवइन्डेक्स ओरालो लाग्दा नेप्से परिसूचक ५ दशमलव ०९ अंकले घटेर २ हजार ६ सय ४९ दशमलव ६० अंकमा झरेको छ ।
                                   सबै भन्दा बढी नाफा कमाउने १० कम्पनी
समग्रमा सेयर बजार घटे पनि केही कम्पनीहरूले भने निकै राम्रो कमाएका छन् । बुधवार २ वटा कम्पनीको त १० प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ । यी दुई समेत १६ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा माथिले बढेको छ । अर्थात् १६ कम्पनीको सेयर मूल्य आज सकारात्मक सर्किट लेभलमा कारोबार भयो । सबै भन्दा धेरै कमाउनेमा रिढी हाइड्रो पावर र रैराङ हाइड्रोपावर देखिएका छन् ।
आइपिओ सूचीकृत भएसँगै बढ्ने क्रम सुरु भएको महिला लघुवित्तको सेयर मूल्य पनि आज करिब १० प्रतिशतले वृद्धि हुन पुगेको छ । लामो समय कारोबार रोक्का भएर फुकुवा भएको विशाल बजारको सेयर मूल्य पनि हिजो अस्ति जस्तै आज पनि करिब १० प्रतिशतले नै बढ्यो ।

तपाईको प्रतिक्रिया