आइतबार, आषाढ ०६, २०७८  |  Sunday, June 20, 2021

निषेधाज्ञा लागु भएको समयमा व्यवसायीले आन्तरिक राजस्व विभागमा मूल्य अभिवृद्धि कर विवरण एवं कर रकम बुझाउन नसकिने अवस्था रहेको नाडा

कृष्ण प्रसाद दुलाल अध्यक्ष नाडा

अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडा)ले प्रेस विज्ञप्ति मार्फत प्रस्ट पारेको छ । दोस्रो चरणको कोरोना संक्रमण बढ्दो क्रममा रहेको सन्दर्भमा सघिंय  राजधानी काठमाडौँ सहित देशका विभिन्न स्थानमा सरकारी निषेधाज्ञा लागु भई एक हप्ता थपिएको छ ।
स्वास्थ्य सुरक्षाको दृष्टिकोणले व्यवसायीहरू आफ्नो कार्यालय समेत जान सक्ने अवस्था नरहेकाले वैशाख महिनाको २५ गतेसम्म बुझाउनु पर्ने कर तथा अन्य आवश्यक कागजातहरू निषेधाज्ञा खोलेको मितिबाट एक हप्ता पछिसम्म बुझाउन सकिने व्यवस्था गर्न नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा आग्रह गरिएको छ । नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूले आफ्ना अटोमोबाइल वर्क सपहरुमा रहेका अक्सिजन सिलिन्डरहरू अक्सिजन निर्माण उद्योगहरूमा बुझाइ यो महामारीमा सहयोग गर्न समेत नाडाले अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया