आइतबार, आषाढ ०६, २०७८  |  Sunday, June 20, 2021
चर्चित तथा वरिष्ठ गायक एवं संगीतकार प्रेम ध्वज प्रधानको निधन भएको  पारिवारिक स्रोतले जनाएको छ । उनको बिहीबार सुनधारास्थित काठमाडौँ न्युरो एन्ड जनरल अस्पतालमा निधन भएको हो । ८४ वर्षीय प्रधानलाई छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा निधन भएको जनाइएको छ ।
प्रेम ध्वजको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो । उनलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ । सन् १९६५ मा प्रेम ध्वजले उषा मंगेश्करसँग नेपाली चलचित्र ‘माइतीघर’मा गीत गाएका थिए । यस्तै उनले आशा भोसलेसँग ‘मायालु इन बम्बे’ नामक चलचित्रमा पनि स्वर दिएका छन् । सन् १९५२ मा प्रेम ध्वजले १६ वर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अँधेरी रातमा’ बोलको गीत रेकर्ड गराएका थिए । प्रधानका यो नेपाली शिर उचाली, पर लैजाऊ फूलहरू, घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, तिमीलाई अचेल कहाँ भेटौं  लगायतका दर्जनौँ गीत चर्चित छन् ।
अलबिदा 

तपाईको प्रतिक्रिया