आइतबार, आषाढ ०६, २०७८  |  Sunday, June 20, 2021
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले  कोभिड १९ को
उपचारमा महत्त्वपूर्ण तर हाल पर्याप्त मात्रामा उपलब्ध हुन नसकिरहेको अक्सिजन सहित स्वास्थ्य सामाग्रीको सहज आपूर्तिका लागि प्रेस विज्ञप्ति जारी गर्दे संयुक्त अपिल गरेको छ । उद्योगहरूले  आफूmसँग मौज्दात रहेको सिलिन्डर यथाशीघ्र सम्बन्धित ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन आग्रह समेत गरेको छ ।
मुलुकले  भोग्नु परेको महामारी र त्यसबाट सिर्जित स्वास्थ्य जटिलताले सामाजिक एवं आर्थिक समस्यासँग जुधिरहेको अवस्थामा कोभिड १९ को दोस्रो लहर सँगै संक्रमित र यसबाट मृत्यु हुनेको संख्या हरेक दिन नयाँ रेकर्ड कायम हुन थालेको छ । अस्पतालहरू भरिँदै गएका छन् भने विशेषसरि संक्रमितको जीवन रक्षाका लागि आवश्यक अक्सिजन सिलिन्डरको चरम अभाव देखिएको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सम्पूर्ण ग्यास उत्पादक कम्पनीहरूलाई स्वास्थ्य उपचार प्रयोजनका लागि मात्र अक्सिजन सिलिन्डर
उपलब्ध गराउन अनुरोध गरिएको छ । साथै आम उपभोक्ताहरूले आवश्यकता भन्दा बढी सिलिन्डर संचिति नगरी सामाजिक दायित्व निर्वाह गरिदिनु पर्दछ । अत्यावश्यकता खाद्य सामाग्रीको संचिति र त्यसमा मूल्यवृद्धि भइरहेको भन्ने सर्वसाधारणको गुनासो प्रति निजी क्षेत्रको ध्यानाकर्षण भएकोले सबै खाद्यजन्य उत्पादकले अनावश्यक सञ्चिती र  मूल्य वृद्धि नगरिदिन समेत अपिल गरिएको छ ।
 ठुला उद्योगी एवं वितरकहरूले समग्र वितरण प्रणालीमा अनावश्यक मूल्यवृद्धि हुन नदिन आवश्यक अनुगमन गर्न पनि आव्हान गर्दछौ । साथै आम उपभोक्ता वर्गमा सामानको मौज्दात रहेको जानकारी गराउँदै अनावश्यक संचिति नगरिदिन हुन पनि अनुरोध गरिएको छ । यसै गरी केही निजी अस्पतालहरू बिरामीको जीवन रक्षा मुख्य उद्देश्य राखेर खुलेका अस्पतालहरू मुलुक संकटमा रहेको र स्वास्थ्य सेवा जटिल बन्दै गएको समयमा चर्को शुल्क नलिन भनिएको छ ।
  हामी निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू जिम्मेवार व्यवसायमा विश्वास गर्छौ र बजारमा हुने कुनै पनि प्रकारको अनैतिक गतिविधिको निन्दा भर्त्सना र विरोध गर्दछौ । चरम संकटका बेला जिम्मेवार व्यवसाय प्रवर्द्धन गर्न एवं गैर प्रतिस्पर्धात्मक र अनैतिक व्यवसायमा संलग्नमाथि कारबाही गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स सरकारको साथमा रहेको निजी क्षेत्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया