आइतबार, आषाढ ०६, २०७८  |  Sunday, June 20, 2021

नाडाको सामाजिक उत्तरदायित्व बहन गर्दे कोरोना संक्रमण रोकथामका लागि  गृह मन्त्रालय, नेपाल सशस्त्र प्रहरी अन्तर्गत रहेको नेपाल

                                    सहयोग हस्तान्तरण 

ए.पि.एफ.अस्पताललाई सहयोग पु¥याएको जनाएको छ । नाडा अटोमोबाइल्स  एसोसिएसन अफ नेपालले, भयावह रूपमा देशभरि फैलिएको कोरोना महामारीको नियन्त्रण र त्यससँग जुध्न  सहजीकरणमा  सामाजिक उत्तरदायित्व अन्तर्गत गतबर्ष जस्तै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक हुने — (१) स्लिपर ५० सेट, (२).थर्मोसल व्वाइलेट ५० सेट, (३).बेड सिट ५० वटा (४) टावेल ५० वटा र  (५) मास्क ५००० वटा समेत गरी कूल ५ थरिका मेडिकेटेड सामानहरू कोरोना नियन्त्रणका लागि हस्तान्तरण गरिएको प्रेस विज्ञप्ति मार्फत जनाएको छ । सो सहयोग नेपाल ए.पि.एफ अस्पताल अन्तर्गतको कोभिड—१९ युनिफाईड अस्पतालका प्रा.स प्र उपनिरीक्षक डा. मिना कुवरलाई नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले हस्तान्तरण गरेका  छन् । ती सामानहरू हस्तान्तरण गर्ने क्रममा अध्यक्ष दुलालले नाडाको तर्फबाट थप सहयोग समेत गरिने प्रतिबद्धता दोहोर्‍याएका छन् ।
कार्यक्रममा डा. मिना कुंवरले यस्तो बन्दाबन्दीको अवस्थामा पनि यसरी सहयोग पुर्‍याई दिएकोमा नाडालाई धन्यवाद दिँदै सहयोग स्वरूप प्राप्त यी मेडिकेटेड सामानहरू अस्पतालमा आउने विपन्न परिवारका सदस्यहरूलाई वितरण गरिने उनले बताए । त्यस हस्तान्तरण कार्यक्रममा सो अस्पतालका तर्फबाट प्रा.स.प्र उपरीक्षक तथा प्रवक्ता डा.प्रविन नेपाल, नसिंङ्ग मेट्रोन प्रा.स.प्र नायव उपरीक्षक लक्ष्मी अधिकारी समेतको उपस्थिति रहेको थियो । कार्यक्रममा नाडाकातर्फबाट महासचिव सुनिल रिजाल लगायत कार्य समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया