आइतबार, आषाढ ०६, २०७८  |  Sunday, June 20, 2021

आइतबार ५४ अंकले बढेको नेप्से परिसूचक सोमबार २०.७ अंकले उकालो लागेको छ । नेप्से परिसूचक दुई दिन लगातार दोहोरो अंकले बढेर २ हजार ७ सय ५९ दशमलव २१ अंकमा पुगेको छ । सोमबार ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ४५ अंकले वृद्धि भएको छ । आइतबार १० अर्ब माथिको सेयर कारोबार भएकोमा सोमबार पनि ९ अर्ब ५७ करोड रुपैयाँ माथि कारोबार रकम पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने अधिकांश कम्पनीहरूको सेयर मूल्य सोमबार बढेको पाइएको छ । आइपिओ सूचीकृत भएसँगै लगातार बढिरहेको रुरु जलविद्युत कम्पनीको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेर प्रतिकित्ता ९ सय ६८ रुपैयाँ पुगेको छ । समता घरेलु लघुवित्त तथा राधी जलविद्युत सहित ११ कम्पनीको सेयर मूल्य सोमबार ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।
उता शिखर इन्स्योरेन्सको ९.९७ प्रतिशत, सप्तकोसी डेभलपमेन्ट बैंकको ९.९० प्रतिशत, प्रोग्रेसिभ फाइनान्सको ९.९० प्रतिशत, बरुण हाइड्रोपावरको ९.८३ प्रतिशत, आइएमई जनरल इन्स्योरेन्सको ९.७६ प्रतिशत र बिशाल बजार कम्पनीको ९.३७ प्रतिशतले सेयर मूल्य बढेको छ । त्यसै गरी सबैभन्दा बढी गुमाउने कम्पनीमा युनियन हाइड्रोपावर ५.०५ प्रतिशत, आँखु खोला जलविद्युत् कम्पनीको ३.९० प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ३.८५ प्रतिशत, घलेम्दी हाइड्रोको ३.७७ प्रतिशत र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको ३.४२ प्रतिशतले सेयर मूल्य घटेको छ ।

तपाईको प्रतिक्रिया