आइतबार, आषाढ ०६, २०७८  |  Sunday, June 20, 2021

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएकोले परिसंघले  स्वागत गरिएको छ । मुलुकको विद्यमान स्वास्थ्य समस्यासँग जुध्न सहज हुन राष्ट्र बैंकले चालू आर्थिक वर्षका मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत गरिएका  प्रावधानहरूले मुलुकको स्वास्थ्य सेवामा सकारात्मक असर पुग्ने संघले जनएको छ  ।
समीक्षामा संकटको यस घडीमा तरलता व्यवस्थापन हुन विशेष ध्यान दिँदै केन्द्रीय बैंकले  तोकेका विभिन्न दरहरूलाई यथावत् राखेको छ । यस्तै कोभिड–१९ले उद्योग तथा व्यवसाय क्षेत्रका समस्यालाई न्युनि करणमा निषेधाज्ञा अवधिभर कर्जा असुलीमा कुनै शुल्क वा जरिवाना लिन नपाइने तथा निषेधाज्ञा समाप्तको एक महिना सम्म कुनै पनि प्रकारको असुली वा लिलामी सम्बन्धी सूचना प्रकाशन गर्न नपाइने व्यवस्थाले उद्योग स्तरमा केही राहत मिलेको बताइएको छ ।
राष्ट्र बैंकले स्वास्थ्य सेवा प्रदायक तथा उद्योगहरूले अक्सिजन प्लान्ट स्थापना गर्न चाहेमा आधार दरमै कर्जा प्रवाह गर्ने निर्देशन जारी गरेको छ । स्वास्थ्य व्यवस्थालाई सुदि«ड  गर्न लिक्विड अक्सिजन प्लान्ट स्थापनामा रु.५० करोड तथा अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक रु.२० करोड एक वर्षका लागि प्रवाह हुने विशेष पुनर् कर्जा  शीर्षकमा व्यवस्था गरेको छ । यस प्रकारको प्रोत्साहनले अक्सिजन उपलब्धताको दीर्घकालीन व्यवस्थापनमा  सहयोग पुग्छ छ ।
बैकले निषेधाज्ञाको समयमा कर्जाको किस्ता तथा व्याज भुक्तानी गर्ने ग्राहकलाई सहुलियत उपलब्ध गराउने व्यवस्था समेत उल्लेख गरिएको छ । यस अघि परिसंघको आग्रह अनुसार  राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले निर्वाह गर्नुपर्ने व्यावसायिक सामाजिक उत्तरदायित्व(CSR)अन्तरगत हाल विद्यमान स्वास्थ्य समस्यालाई सहज बनाउन  आवश्यक अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर, भ्याक्सिन, औषधी जस्ता कार्यमा खर्च गर्न सक्ने व्यवस्था मिलाएको छ । परोपकारी कार्य तथा, राष्ट्रिय महत्त्वका आविष्कार केन्द्र, मानव सेवा आदि क्षेत्रमा गरिएको खर्चलाई व्यावसायिक सामाजिक उत्तरदायित्वका शीर्षकमा खर्च लेख्न पाइने व्यवस्थाले व्यावसायिक सस्ंथाहरुले सामाजिक क्षेत्रमा उच्च योगदान गर्न पाउने ढोका खुलेको छ ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिले उद्योग व्यवसाय सञ्चालनमा सहज हुँदै गएको जनाइएको छ । मुलुकको समग्र आर्थिक क्षेत्रलाई चलायमान राख्दै रोजगारी सृजनाले  मुलुकको ग्रार्ह्रस्थ उत्पादन सहित समग्र आर्थिक वृद्धिका लागि नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत मुलुकको औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई थप सहुलियत तथा  उपलब्ध गराउनु पर्ने परिसंघले जोडदार माग गरेको छ ।

तपाईको प्रतिक्रिया