शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021
सन १९७५ मा बेलायतमा नो वुमन नो क्राइ नामक एकल म्युजिकल कार्यक्रम

सन असीको दशकमा बब मार्लीका गीत एक पछि अर्को रेकर्ड तोड्दै चर्चित बनेका थिए । जसको संगीत आज सम्म जिउँदो छ । उनले बनाएका संगीतको नक्कल भारतीय चर्चित संगीतकार बप्पी लहरीले बलिउडका सैयौं सिनेमा दिन भ्याएका थिए , जुन आज सम्म सुन्न पाइन्छ ।
मार्लीका वान लभ लगायतका हजारौँ कर्णप्रिय गीत श्रोताले अत्यधिक मनपराउने सुचीमा पर्दे आएको छ । अफ्रिकी मुलुक जमाइकाको मध्यम वर्गीय परिवारमा उनी सन १९४५ मा जन्मेका हुन । उनको बाल्यकाल गरिबीमा बितेको थियो । त्यस बेला उनका पिता ब्रिटिस सरकारका लागि समुन्दि«क सेनामा कार्यरत हुनाले पितासँग सम्पर्क कममै हुने गर्दथ्यो । उनले १४ वर्षको कलिलो उमेरमा नयाँ संगीतको खोजीमा घर छाडिदिएका थिए ।
अन्तर्राष्ट्रिय संगीतकारको नामले परिचय पाउने दि«ड इच्छा सहित सन १९७२ मा आफ्नो ब्यान्ड दि वालिर्यसको साथमा बेलायत छिरेका थिए । त्यही बेला उनको क्याच दि फायर नामक एल्बम रिलिज पश्चात् बिबिसीले पहिलो पटक उनको अन्तर्वार्ता टेलिभिजनबाट प्रसारण गरेको थियो । भनिन्छ त्यस अन्तर्वार्ताले उनको जीवन फेरिदियो अनि बब मार्ली  आफ्ना फ्यानका बिच परिचित बन्न पुगेका थिए ।
सन १९७५ मा बेलायतमा नो वुमन नो क्राइ नामक एकल म्युजिकल कार्यक्रमले संगीतको  दुनियाँमा नयाँ आयाम थप्न सफल हुन पुगेका थिए । फुटबल खेल मनपराउने मार्लीले स्वजातिय रिता नाम गरेकी केटीसँग विवाह गरेका थिए । सन १९८० को १३ जुलाईमा उनले बेलायतमा अन्तिम पटक म्युजिकल शो गरेका थिए । छालाको क्यान्सरबाट ग्रस्त बनेका मार्लीको त्यही वर्ष मृत्यु भएको थियो । तर आज ४० वर्ष पछि पनि बब मार्ली संगीत प्रेमीको मनमा जिउँदा छन् ।

तपाईको प्रतिक्रिया