आइतबार, आषाढ ०६, २०७८  |  Sunday, June 20, 2021

गोविन्द ढुङ्गेल

अध्यक्ष, नेपाल कुरियर संघ (कोसान)
कार्यसमिति सदस्य तथा
सह–सभापति–कर तथा राजस्व,उवासंघ

नेपाल कुरियर सेवा संघ (कोसान)ले सरकारलाई लामो समय देखि वाणिज्यमा प्रत्यक्ष सहकार्य गर्ने कुरियर सेवालाई अत्यावश्यक सेवा अन्तर्गत सुचीकृत गरिदिन अपिल गर्दे आएको थियो । चालु.आवको तेस्रो त्रैमासिक देखि कुरियरलाई अत्यावश्यक सेवा अन्तर्गत सुचीकृत गरिदिएकोमा कोसानले स्वागत गरेको छ । कोरोना महामारीको संक्रमण दर घटाउन सरकारबाट जारी लकडाउनको सूचनामा अत्यावश्यक सेवाको सुचीमा कुरियरलाई समावेश गरिएको थियो । बल्ल कुरियर सेवाको महत्त्व बुझी वाणिज्यका सहयोगी कुरियरलाई सरकारबाट सम्मानजनक व्यवहार गरिएको छ । लकडाउनको यस कठिन  अवस्थामा ज्यान जोखिम मोलेर कुरियर व्यवसायीबाट वाणिज्यमा सहजीकरण गर्ने सफल हुँदै आएका छन् । हालसम्म कोसानमा आबद्ध सबैले  स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई सेवामा आबद्ध भएकाले व्यवसायीहरू सुरक्षित छन् ।
व्यावसायिक मालसामान सहित रगतका नमुना, स्वास्थ्य उपकरण अक्सिजन लगायतका सामाग्री बिरामीको पहुँचसम्म पुर्‍याउन कुरियर सेवा अत्यावश्यक छ । यस कारण गत वर्ष देखि सुरु भएको कोभिड महामारीको बेला नागरिकको जीवन सुरक्षामा अति उपयोगी कुरियर सेवालाई अत्यावश्यक सेवामा राखिनु पर्ने निजी क्षेत्रले माग राख्दै आएको थियो । नेपाल सरकारसँग आबद्ध कुरियर कम्पनीले भ्याट वा प्यान नम्बर राखी चालक र वाहनको ब्यहोरा उल्लेख गरिएको संस्थागत पत्र उपल्वध भएका कुरियरका गाडीलाई आवत जावतमा प्रशासनबाट अवरोध गरिएको छैन । अन्तरदेशिय पारवहनमा प्रशासनका कर्मचारीबाट कुरियर सेवाको बारेमा पूर्ण जानकारी नपाउँदा यदाकदा चेकजाँच तथा सोधपुछ बाहेकका अन्य समस्या देखिएको  छैन ।
कोरोना संक्रमीतलाई आवश्यक भ्याक्सिन लगायतका स्वास्थ्य सामग्रीका समयानकुल पहुँच बढाउन विश्वभर कुरियरले प्राथमिकता पाउँदै गएको छ । नेपालमा यस सेवाले राष्ट्रिय पहिचान नपाए पछि राज्यका सबै तहमा प¥याप्त जानकारी नपुगेको महसुस भएको छ । कोरोना महामारीको भयावह स्थितिमा कुरियर व्यवसायीहरू समेत नागरिक ज्यान बचाउन कोरोना फ्रन्टलाइन फाइटर भएर उभिएका छन् । यसतर्फका व्यवसायीहरूलाई सरकारले प्राथमिकताका आधारमा जीवन सुरक्षाका भ्याक्सिन उपल्वध गराउनु पर्ने कोसान माग राख्दछ ।
हाल कोसानमा आबद्ध भएका व्यवसायीक कम्पनीहरूको सख्ंया ७० पुगिसकेका छन् । यी कम्पनीहरूमा आबद्ध ५ हजार कर्मचारी प्रत्यक्ष आश्रित रहेका छन् । यसतर्फ कर्मचारी सख्ंयाका आधारमा भ्याक्सिन सरकारले उपल्वध गराउनु पर्ने उसको दायित्व भित्र पर्दछ । सरकारबाट सबै तहमा एकै पटक उच्च सख्ंयामा भ्याक्सिन आपूर्ति गर्नुपर्ने हुँदा भ्याक्सिन खरिदका लागि आवश्यक बजेटको जोहो गर्न सरकारलाई कढिन परेको छ । सरकारबाट सो भ्याक्सिनको निश्चित मूल्य तोकिदिए निजी क्षेत्रले खरिद  गरी सरकारलाई सहयोग गर्न कोसान तथा उवासंघ तैयार रहेको छ ।
नेपाली निर्यात वाणिज्यका तथ्याङ्क पछिल्लो पटक आसलाग्दो देखिन थालेको छ । निर्यातलाई थप सक्षम बनाउन सरकारबाट नीतिगत सहजीकरण आवश्यक छ । हालसम्म निर्यात हुने सामानमा टिडिएस लाग्दै आएको छ । यसले गन्तव्यमा नेपाली वस्तुको मूल्य प्रतिशपर्था घटाइदिएको छ । निर्यातका टिडिएस शून्यमा झार्न उवासघं कर तथा राजस्व समितिले अर्थ मन्त्री विष्णु पौडेल समक्ष अनुरोध गरिसकिएको छ । आगामी २०७८÷०७९ को बजेट मार्फत सम्बोधन गरिनेमा आश्वासन पाइएको छ । यो सहित भ्याटलाई बहु दरमा लैजानुपर्ने समेत सरकार समक्ष सुझाव पेस गरिसकिएको छ ।
निर्यातका लागि तयार भएका सामान कुरियर सेवाले तोकिएको समयमा गन्तव्यसम्म पुर्‍याइदिई देशको अन्तर्राष्ट्रिय वाणिज्यलाई सहजीकरण गरिएको छ । सञ्चालित केही कुरियर कम्पनी निर्यातका ट्रेडिङ फर्ममा समेत आबद्ध रहँदै आएका छन् । ती कम्पनीहरू अन्तर्राष्ट्रिय बजारमा नेपाली निर्यात वस्तुका ब्रान्डीङमा सहभागिता जनाउँदै आएका छन् । नेपाली वस्तु खरिदका लागि विदेशीलाई अभिप्रेरित गर्दे आएकाले त्यस्ता ट्रेडिङ फर्म मार्फत निर्यात हुने कुल रकममा केही प्रतिशत सरकारले अनुदान उपल्वध गराउनु सरकारी निकायहरूमा ध्यानाकर्षण गरिसकिएको छ ।
हाल कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय हवाई सेवा नियमित हुन सकेको छैन । चार्टर उडान मार्फत निर्यातका सामान गन्तव्यमा पुग्न चर्को फ्रेट शुल्क तिर्नुपर्ने बाध्यता छ । यसतर्फ वाणिज्य मन्त्रालय तथा हवाई उड्डयन प्राधिकरण लगायतका निकायहरूबाट सहजीकरणको आवश्यकता देखिएको छ । यसबाट निर्यातकर्ता लगायत अन्तर्राष्ट्रिय कुरियर सेवा उपल्वध गराउने कुरियर कम्पनी समेत धराशायी हुने स्थिति पैदा भएको छ ।
सरकार समक्ष राखिएका हाम्रा मागहरू प्रति सम्बन्धित निकायले गम्भीर भई आगामी बजेट मार्फत सम्बोधन हुनेमा  विश्वास गरिएको छ । यदि निजी क्षेत्रका जायज माग पूरा नभए फेरी शान्तिपूर्ण आन्दोलनमा उत्रिनुको विकल्प रहने छैन ।

तपाईको प्रतिक्रिया