आइतबार, आषाढ ०६, २०७८  |  Sunday, June 20, 2021

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रमेश कर्माचार्यको कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ । पुलचोक स्थित निदान अस्पतालमा उपचारको क्रममा कर्माचार्यको  मृत्यु भएको हो । उनी २० दिनअघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएको  उनी निकटका काका ईश्वर कर्माचार्यले जानकारी दिए । ‘कोरोना पोजेटिभ देखिएर धेरै ज्वरो आएपछि ३ दिनदेखि भेन्टिलेटर राखेर उपचार भइरहेको थियो,’ ईश्वरले भने, ‘आज बिहान उपचारकै क्रममा निधन भयो ।’
रमेश ०६९ देखि ७१ सम्म पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष थिए । उनी हिमचुली विकास बैंकको अध्यक्ष पनि थिए भने लुम्बिनी विकास बैंकको सञ्चालक थिए । पोखराकै पुराना कपडा व्यवसायी मध्ये एक भएको कर्माचार्य पोखराको बैंकिङ क्षेत्रका अगुवा व्यक्तित्व रहेको उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीव कोइराला बताउँछन् । पोखरा उद्योग वाणिज्य संघको स्थापनादेखि संस्थागत विकासका लागि उहाँको परिवारकै योगदान रहेको छ । उनको निधनबाट पोखराका निजी क्षेत्रले क्षति बेहोरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया