शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले प्रस्तावित हिमालयन रि–इन्स्योरेन्सलाई पुनर्बीमा व्यवसाय सञ्चालनका लागि सञ्चालन अनुमति दिने निर्णय गरेको जनाइएको छ । यसअघि चार कम्पनी पुनर्बीमा कम्पनीको लाइसेन्स लिने दौडमा थिए । चारवटा कम्पनीहरूले लाइसेन्सका लागि शक्तिकेन्द्र धाइरहेका बेला हिमालय रि–इन्स्योरेन्स  पनि थपिएको थियो । हामीले हिमालयन रिलाई लाइसेन्स दिने निर्णय गरेका छौँ, माइन्यूट हुन मात्रै बाँकी छ’ बीमा समिति स्रोतले भने । अब अन्य कम्पनीहरू आउट भएका छन्, हिमालयनको प्रक्रिया सुरु हुन्छ । हाल मुलुकमा एक मात्रै पुनर्बीमा कम्पनी सञ्चालनमा छ । दुईवटा आवश्यक पर्ने भन्दै नियामक निकाय बीमा समितिले थप एउटालाई लाइसेन्स दिन आवेदन माग गरेको थियो । हिमालयन–रि को संस्थापकहरूमा नेपालका चर्चित व्यावसायिक घरानाहरू प्रस्ताव गरिएको छ । प्रतिस्पर्धामा रहेका अन्य कम्पनीहरूमा व्यवसायीहरू तथा बीमाका विज्ञहरू समेत थिए ।
अन्य चारलाई पछि पार्दै हिमालयनले लाइसेन्स हात पार्ने सफल भएको हो । हाल मुलुकमा एक मात्रै पुनर्बीमा कम्पनी सञ्चालनमा छ । नियामक निकाय बीमा समितिले दुईवटा आवश्यक पर्ने भन्दै थप एउटालाई लाइसेन्स दिन आवेदन माग गरेको थियो । समितिले नयाँ पुनर्बीमा कम्पनीका लागि लाइसेन्स दिने चर्चासँगै व्यावसायिक घरानादेखि बीमा क्षेत्रमै आबद्ध व्यक्तिहरूले पुनर्बीमा कम्पनी खोल्न सक्रियता देखाउँदै आएका छन् । समितिले  क्रस होल्डिङ हुनेगरी यसअघि नै पुनर्बीमा कम्पनीमा लगानी रहेकाहरूले भने प्रस्ताव पेस गर्न नपाउने बीमा समितिले बताएको छ । यो निर्णयले आवेदन दर्ता गर्ने तयारीमा बसेका केही व्यवसायी घरानालाई असहज बनाइदिएको छ ।
हिमालयनसँगै काठमाडौँ रि–इन्स्योरेन्स, अन्नपूर्ण रि–इन्स्योरेन्स र पु्रडेन्सियल रि–इन्स्योरेन्सले पनि लाइसेन्सका लागि निवेदन दर्ता गराएका छन् । अरूलाई भन्दा हिमालयनलाई नै लाइसेन्स दिनु उपर्युक्त देखिएको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया