आइतबार, आषाढ ०६, २०७८  |  Sunday, June 20, 2021

नायक भुवन केसीले भिलेन यानी खलनायकको रूपमा चलचित्र ‘मिस्टर नेपाली’मा अभिनय गरे । तर, यो चलचित्रमा उनको भूमिकालाई लिएर दर्शकले कुनै चासो देखाएनन् ।
सो समयमा भुवनले चलचित्र ‘एन्टी हिरो’मा आफू खलनायकको रूपमा देखिन लागेकाले गेट अप परिवर्तन गरेको बताएका थिए । तर, अब यो चलचित्र बन्ने वा नबन्ने कुनै टुंगो छैन । भुवन केसीकै होम प्रोडक्शनको रूपमा बन्ने यो चलचित्रमा नायक अनमोल केसीको मुख्य भूमिका रहने बताइएको थियो । तर, नायक भुवन केसीले यसपछि २ वटा चलचित्र निर्माणको घोषणा गरिसकेका छन् ।
भुवनले चलचित्र ‘माइतीघर २’मा पनि आफूले काम गर्न लागेको बताएका थिए । यो चलचित्रमा भुवन कस्तो भूमिकामा देखिने हुन् भन्ने कौतुहलता दर्शकमा पैदा भएको थियो । तर, यो चलचित्रका निर्देशक सुबोध चोपडाको कोरोना संक्रमणका कारण निधन भएपछि अब यो चलचित्र पनि बन्ने या नबन्ने पक्का छैन ।
यसैबिच, भुवनले सामाजिक सञ्जालमा नयाँ गेटअप सहितको फोटो पोस्ट गरेका छन् । भुवनको यो गेटअपलाई चलचित्रकर्मी र उनका फ्यानले निकै रुचाएका छन् ।
तर, भुवनले आफ्नो फरक गेट अप चलचित्रमा भने कहिले देखाउने हुन् ? भुवनले चलचित्रमा काम गर्ने चर्चा भैरहेपनि ती चलचित्र बन्ने या नबने कुनै टुंगो लगाउन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया